• 29
  •  
  •  
  •  
  •  
  •  
  •  
    29
    Shares

 

धनकुटा ,
विस्व वातवरण दिवसको अवसरमा धनकुटाको सहिद भुमि गाँउपालिकाको साढे ३ सय रोपनि जग्गामा रोपेको एवोकाडो र आपको विरुवाको अनुगमन गरेको छ । गाँउपालिकाको बाझो रहेका सार्वजनिक जग्गा सदुपयोग गर्दै वातवरण संरक्षण तथा दिगो रुपमा किसानको आयआर्जनका बाटो सृजना गर्नका लागि करिब साढे ३ सय रोपनि जग्गामा UNDP र पर्डेप नेपाल संग समन्वय गरेर वृक्षा रोपण गरेका थिए । गाँउपालिकाले गत असारमा विश्व वातवरण दिवसको अवसरमा १ हजार एवोकाडो र आपको विरुवा रोपेको हो ।

पर्डेप नेपाल धनकुटाको आयोजनामा एक कार्यक्रमका बिच गरेको अनुगमन गरेको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदिले बताउनु भयो । किसानहरुले रोपेको विरुवालाई मलजल लगाउने र गोडमेल जस्ता कुरालाई ध्यान दिएको छकि छैन भन्ने विषयमा अनुगमन गरेकाछन् । अनुगमनको क्रममा त्याहाका किसान संरक्षण तथा प्रवद्धनमा किसानहरु उत्साहा पूर्वक लागेको पाएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक सुवेदिले बताउनु भयो ।

वृक्षा रोपण अन्तरगत गाउपालिकाको वडा नं ६ थलथले बजार छेउमा रहेको खालि सार्ववनिक जग्गामा डेड सय रोपनिमा ५ सय वोट एवोकाडोको विरुवा रोपेको छ । त्यस्तै गरी वडा नं १ को गोपालपुर विडिटोलमा रहेको सार्वजनिक जग्गामा २ सय रोपनिमा ५ सय वोट आँपको विरुवा रोपेको छ । रोपेको विरुवा साढे ५ लाखबराबरमा खरिद गेरेर वृक्षा रोपण गरेको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदिले बताउनु भयो । वृक्षरोपण क्षेत्र वरिपरिरहेको बस्तिाका किसानहरु यति बेला खुसिभएका छन् । अहिले UNDP र पर्डेप नेपालले विरुवा हेरचाह गर्ने जिम्मा गाउपाउपालिकालाई दिए पनि गाँउपालिकाले वरिपरि रहेको नजिकैका बस्तिलाई समुह गठन गरेर रोपेको विरुवा हुर्काउने बढाउने र आम्दानि गर्ने जिम्मा किसानलाइ दिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाको तर्फ बाट भने किसानलाई प्राबिधिक तथा सिचाईको अभावरहेको ठाँउमा सिचाइको सुबिधा उपलब्ध गराउने सहिदभुमि गाँउपालिका उपाध्यक्ष रत्नेश्वरी राइले बताउनु भयो । साथै उहाँले तेतिकै खेर गइरहेको जग्गाको सदुपयोग र भिरालो ठाँउमा पहिरोजाने जस्ता समस्या हुनेगरेकाले यो वृक्षारोपण कार्यक्रमले समाधानकालागि सहयोग पुग्ने बताउनु भयो । फलफूल खेतिले गर्दा गाँउपालिकाको वातवरसंरक्षणका साथै हरावरा राख्न सहयोग पुग्ने भएकाले देशकै नमुना गाँउपालिकाको रुपमा विकास गर्ने योजना रहेको बताउनु भयो । गाँउपालिकाको अन्य खालि जग्गाहरुमा क्रमागत रुपमा वृक्षारोपण गर्दै जाने योजना रहेको बताउनु भयो । ।


एबोकाडो खेतिलाई व्यवस्थित रुपमा हुर्काउन बढाउनको लागि वरिपरिहेको बस्तिका ६० घर किसान को समुह मिलेर संरक्षण तथा मल लगाउने पानि लगाउने र गोडमेल कार्य पालो सिस्टममा गरिरहेको वडा नं ६ का पदम बहादुर भण्डारीले बताउनु भयो । त्यस्तै गरी एबोकाडो फल्न थाले पछि प्रसोधन गरेर विभिन्न चिजहरु बनाउने योजना पनि समुहको रहेको भण्डारीले बताउनु भयो ।

एबोकाडो अबको ५ वर्ष भित्र फल्न सुरुहुने उहाँले बताउनु भयो । एउटा बोटमा ५ देखि ६ क्वइटल सम्म फल्ने आसा लिएको उहाँले बताउनु भयो । अहिले समुह मार्फत विरुवाको हेरचाहा गर्ने र पछि आम्दानि फल दिन थाले पछि कार्यबिधि तथा नियम बनाएर समुहका किसानको लागि काम गर्ने योजना रहेको बताउनु भयो ।

त्यस्तै गरी गोपाल पुरका ज्ञान बहादुर राई उमेर ले ६५ वर्ष पुगि सकेको छन् । उहाँको प्रमुख पेशा कृषि नै रहेकाछन् । ६५ वर्ष सम्म आइपुग्दा उहाको जिबन कृषि पेशामै बिते तर यसपाली यसरी अनुदानको कार्यक्रम आउदा खुसी लागेको बताउनु भयो । अहिले रोपिदिएको आँपको विरुवा हेरचाहा गर्न लागि परेकाछन् । गोपालपुर गाँउपालिकाको वाड नं १ मा पर्दछ । हावा पानिको हिसाबले न्यानो बेसीं ठाँउहो । आपको खेतिको लागि उपयूक्त ठाँउ रहेको छ । याहाका किसानले व्यवसायिक रुपमा आप खेति नगरेपनि उनिहरुले प्रत्येक घरमा एक दुइ बोट आपको विरुवा रोपेको छ । खालि रहेको सार्वजनिक जग्गामा किसानलाई व्यवसायिक रुपामा विकास गर्न ५ सय बोट आपको विरुवा रोपि दिएको छ । उनिहरुले व्यवसायिक रुपमा आँप खेति नगरे पनि एक दुइ बोट आप रोपी रहेका कारण अनुभको आधारमा रोपेको आप खेति बाट राम्रो आम्दानि हुनेमा ढुक्क रहेकाछन् ।

। गोपालपुरका ११ घरका कृषक समुह बनाएर आँप खेति जोगाउने हुर्काउनेमा लागि परिरहेको मनिक राइले बताउनु भयो । रोपेको आँपको विरुवाले ४ वर्ष देखि फल दिन थाल्ने बताउनु भयो । एक बोट बराबर ४ सय देखि ५ सय केजि सम्म फल्ने उहाँले बताउनु भयो ।

अनुगमनमा गाउपालिकाको उपाध्यक्ष रत्नेश्वरी राई , पर्डेपनेपाल धनकुटाका सचिव नरेश श्रेष्ठ, कायकार्यकारी निर्देशक मिन प्रसाद सुवेदि लगायत स्थानिय किसानको सहभागीता रहेको पर्डेप नेपाल धनकुटाले जनाएको छ ।

  • 29
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here