•  
  •  
  •  
  •  
  •  
  •  
  •  

विराटनगर
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सुनसरीमा ५, मोरंग र ते¥हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमणबाट १ सय २२ जनाको मृत्यु भएको छ । प्रदेश १ मा आज ६ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो ।

मोरंगमा ३ सय २६, सुनसरीमा २ सय ९, झापामा ७४, संखुवासभामा ९, उदयपुरमा ४, भोजपुर, ते¥हथुम, इलाम र ताप्लेजुङमा २–२ र प्रदेश १ बाहिरका २४ जनामा संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २ सय २५ जनामा संक्रमण देखिएको । संक्रमण देखिएकामा १०० महिला र १ सय २५ पुरुष छन् । मोरंगको सुन्दरहरैचामा २५, पथरीशनिश्चरेमा १५, कानेपोखरी र बुढीगंगामा १३–१३, बेलबारीमा १०, रतुवामाईमा ७, कटहरीमा ६, ग्रामथानमा ४, धनपालथान र रंगेलीमा २–२, केराबारी र उर्लाबारीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उता सुनसरीको धरानमा १ सय ३२, इटहरीमा ४८, बराहक्षेत्रमा ८, दुहवी र इनरुवामा ४–४, बर्जु, रामधुनी र गढीमा ३–३, हरिनगरमा २, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको विर्तामोडमा ३१, भद्रपुरमा ११, दमक र अर्जुनधारामा ९–९, बुद्धशान्तिमा ४, कनकाईमा ३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संखुवासभाको खाँदबारीमा ९, उदयपुरको चौदण्डीगढीमा ४, भोजपुरमा २, ते¥हथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, इलामको देउमाई र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको श्रीजंगा र फुङलिङमा १–१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १२ हजार २ सय ६९ पुगेको छ । प्रदेश १ मा आज ३ सय २६ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट ३ सय ४, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२, कोभिड १९ अस्पताल गोठगाउँबाट ९ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ३ सय ३९ पुगेको छ । प्रदेश १ मा आज १ हजार ६ सय ४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ सय ४१ म्हिला र ४ सय १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४२ हजार ५ सय २३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here