• 15
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

धनकुटा ,
धनकुटाको सागुरीगढी गाँउपालिकाका बाढी पहिरो पीडित परिवारलाई खाद्यन्न सहित आर्थिक सहयोग वितरण गरिएको छ । सो गाँउपालिकाको १ ,२ र ७ नं वडाका ४१ घरपरिवारलाई खाद्ययन्न सामग्री सहित आर्थिक सहयोग वितरण गरिएको हो । यूएनडिपिको आर्थिक सहयोग तथा पर्डेप नेपाल धनकुटा र सागुरीगढी गााउपालिकाको व्यवस्थापनमा वितरण गरेको सहयोगमा प्रति पीडित परिवार ५०,५० केजि चामाल ,४,४ लिटर तेल ,३,३ केजि नुन ,३,३  केजि चिनि ५,५  केजि दाल र २,२ हजार आर्थीक सहयोग प्रदान गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मीन प्रसाद सुवेदीले बताउनु भयो । यो वर्षको वर्षतका कारण गााउपालिकाको वडा नं साबिक बुडिमोरङ गाविस का सालवोटे टोलका १५ घरपरिवार उच्च जोखिममा परेको वडा नं १ का वडा अध्यक्ष तिलक बहादुर लिम्बुले बताउनु भयो । त्यस्तै गरी वडा नं ब् कै तेमबाङमा ७३ वर्षिय एक वृद्धा लेउती खोला तर्ने कmममा खोलाले बगाएर मृत्यू भएको घर सहित सो वडाको विभिन्न टोलमा २६ घर बाढी पहिरोले क्षेति पुराएको उहाँको बताउनु भयो । उच्च जोखिममा परेका वडा नं १ को सालवोटे टोलका २४ घर मधय १५ घर अहिले बस्ती सार्नुपर्ने अवस्थामा पुगोको वडा अध्यक्ष लिम्बुको भनाइ छ ।

अहिले वडाको साल्बोटे टोलका करिब १५ घर परिवारको वर्षै देखि खेतिपाति गर्दै आइरहेको वारी पहिरोले चिरा चिरा बनाउनुका साथै दिन दिनै भासियर गइरहेका कारण खेतिपाति पनि लगाउन नपाएको वादि माया लिम्बूले बताउनु भयो । उहााको ४१ रोपनी जग्गा पहिरोले तानेपछि कमाइ लाउन नपाएको भन्दै पीडा पोख्नु भयो । घरको गाह्रो पुरै चर्किएकाछन् , राति सुत्दा पनि डर लाग्छ राम्रो संग सुत्न पनि पाएको छैन हामी खान त जसोतसो खान्थ्यौ आज राहत पाउदात खुशी लाग्यो तर सरकारले सूरक्षित स्थानमा घर बनाइदिने व्यवस्था मिलाई दिए झन राम्रो हुन्थ्यो पिडित वादि माया लिम्बूले भन्नु भयो ।

त्यस्तै राहात थाप्न आएका सोहि टोलका मन माया मगरले पनि आफ्नो १२ रोपनी वारी कमै लगाउन नमिल्नेगरी भत्केर गएको बताउनु भयो । उहाको पनि घर एक पट्टी चर्किएको छ । पहिरो पीडित सबै अहिले जोखिम मोलेर बसिरहेकाछन् । गएको दुइमहिना देखि तयस क्षेत्रमा पहिरो जान थालेको स्थानियले बताएकाछन् । तमर कोशि करीडोरको बाटो बन्न थाले पछि त्यस क्षेत्रमा पहिरो जान थालेको स्थानियको भनाइ छ ।

वडा नं २ का ३ घर र वडा नं ७ बर्जु लगाएत विभिन्न ठााउमा गरी जम्मा ४१ घरपरिवार बाढी पहिलोबाट यो वर्ष गााउपालिकाको सर्वसाधरण पिडित भएको गााउपालिकाले जनाएको छ । राहत वितरण कार्यक्रममा बोल्दै सागुरीगढी गाँपालिका अध्यक्ष कुमार जंग याख्याले बाढी पहिरो जस्ता विपतिवाट पीडित परिवारलाई व्यवस्थापन तथा सुरक्षका लागि लागिपरिरहेको भन्दै प्रदेश तथा केन्द्र सरकार पनि यश विषयमा छलफल भइरहेको बताउनु भयो । त्यस्तै गाँउपलिकाको प्रवक्ता बाल कृषण राइले पनि बा िढ पहिरो पीडित परिवारका लागि विभिन्न सहयोगका कार्यक्रम र जोखिम यूक्त बस्तिलाई दीर्घकालनि रुपमा व्यवस्थापन गर्ने वारे पहल भइरहेको जानकारी गराउनु भयो । कार्यक्रममा उपाधयक्ष विन्दा राई, वडा नं २ का वडा अध्यक्ष दिल बहादुर इग्नाम , प्रसासकिय अधिकृत सूर्य बहादुर भण्डारी , लगायत कार्यपालिका सदस्य वडा सदस्यहरुको उपस्थीती रहेको थियो । पर्डेप नेपाल धनकटाका कार्यकारी निर्देशक सुवेदीले बाढी पहिरोले पूर्ण रुपमा क्षति वेहोरेका परिवाका लागि ,कृषि खानेपानि लगायत विभिन्न कार्यक्रम ल्याउनका लागि प्रदेश नं १ का सासंद निरन राई र आफ्नो तर्फ बाट दातृनिकाए हरु संग छलफल तथा पहल भइरहेको जानकारी गराउनु भयो ।

  • 15
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here