• 20
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

धनकुटा ,
विभिन्न चाड पर्वको अवसरमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ सुलिकोटमा जारी खुल्ला नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिताको आज दोश्रो दिन पुरुष तर्फका ६ वटा खेलहरु भएका छन् । आजको पहिलो खेलमा माङदुवा फुटवल क्लव “ए” र डाँडा वजार फुटवल क्लव भीडेकोमा पेनाल्टिमा ३ को विरुद्ध ४ गोल लगाउदै माङदुवा विजयी भएको छ । त्यस्तै सोक्रोप्पा फुटवलक्लव र केवाईसि वल्ड वीचको दोश्रो खेलमा ० को विरुद्ध ३ गोल हान्दै सोक्रोप्पा विजयी वन्यो । त्यस्तै फाक्सिव “ए” र देउराली फुटवल क्लव धनकुटा वीच भएको तेश्रो खेलमा ० को विरुद्ध १ गोल लगाउदै फाक्सिव विजयी भएको छ । हात्तिटार स्पोर्ट क्लव र फाक्सिव फुटवल क्लव “वि” वीच भएको खेलमा २ को विरुद्ध ३ गोल गर्दै हात्तिटारले जीत निकालेको छ । त्यस्तै खुवाफोक रातो र तुम्वारी वीच भएको पाँचौ खेलमा पेनाल्टिमा ४ को विरुद्ध ५ गोल लगाउदै खुवाफोक रातो विजयी वन्यो भने आजको अन्तिम छैटौ खेलमा खुवाफोक फुटवल क्लव निलो र केएफसि वीच ० को विरुद्ध १ गोल लगाएर केएफसि विजयी भएको वडा सदस्य ईन्दिरा योञ्जनले जानकारी दिनुभयो । भोलिदेखी महिला तर्फको खेल समेत शूरु हुने उहाँले वताउनु भयो ।

  • 20
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here