• 19
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

धनकुटा ।
विभिन्न चाड पर्वको अवसरमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ सुलिकोटमा जारी खुल्ला नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिताको आइताबार तेश्रो दिन पुरुष तर्फका ४ र महिला तर्फको १ खेल भएका छन् । पुरुष तर्फ आज भएकोे पहिलो खेलमा गपिछया फुटवल क्लव र दानावारी फुटवल क्लव वीच को खेलमा पेनाल्टिको समयमा ४ को विरुद्ध ५ गोल लगाउदै गछिया विजयी भएको छ । त्यस्तै टी फटवल क्ल क्लव र सिमसरो फुटवल क्लव वीचको दोश्रो खेलमा ४, ५ गोल अन्तरले टि फुटवल क्लव विजयी भयो ।

सञ्जिवनी फुटवल क्लव ए र मादेव फुटवल क्लव धनकुटा वीच भएको तेश्रो खेलमा ३ को विरुद्ध ४ गोल मादेन विजयी भएको छ ।

र सालवोटे फुटवल क्लव वी र सञ्जिवनी फुटवल क्व वी वीच भएको खेलमा १ को विरुद्ध ६ गोल गर्दै सञ्जिवनी वी ले जीत निकालेको छ । त्यस्तै महिला तर्फ दानावारी फुटवल क्लव र तेम्वाङ फुटवल क्लव वीच भएको खेलमा १ को विरुद्ध ३ गोल लगाउदै दानावारी विजयी भएको वडा सदस्य ईन्दिरा योञ्जनले जानकारी दिनुभयो । भोलि महिला तर्फको तीन खेल हुने र पुरुष तर्फ दोश्रो राउण्ड शूरु हुने उहाँले वताउनुभयो ।

  • 19
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here