• 27
  •  
  •  
  •  
  •  
  •  
  •  
    27
    Shares

धनकुटा ।
विभिन्न चाड पर्वको अवसरमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा जारी खुल्ला नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिताको आज चौथो दिन महिला तर्फको ३ र पुरुष तर्फका ४ खेल सम्पन्न भएका छन् ।

महिला तर्फका आज भएकोे पहिलो खेलमा सेवेन यूवा क्लब र खुवाफोक यूवा क्लव वीच को खेलमा ० को विरुद्ध १ गोल लगाउदै खुवाफोक विजयी भएको छ । त्यस्तै संञ्जिवनी फुटवल क्लव र जिपिएफसी फुटवल क्लव वीचको भएको दोश्रो खेलमा ० को विरुद्ध ४ गोलले संजिवनी फुटवल क्लव वि विजयी भयो ।

सिमसरो फुटवल क्लव र संञ्जिवनी फुटवल क्लव ए वीच भएको तेश्रो खेलमा ० को विरुद्ध १ गोलले संञ्जिवनी फुटवल क्लव ए विजयी भएको छ । त्यस्तै पुरुषतर्फ आज भएको दोस्रो चरणको पहिलो खेलमा पूर्व ज्योती फुटवल क्लब र माङदावा फुटवल क्लव ए वीच भएको खेलमा २ को विरुद्ध ३ गोल लगाउदै माङदावा फुटवल क्लव ए विजयी भएको छ ।

त्यस्तै तेम्बाङ फुटबल क्लब र सोकरोप्पा फुटबल क्लब बिच भएको खेलमा १ को विरुद्ध ४ गोल लगाउदै सोकरोप्पा फुटबल क्लब विजयी भयो । तेस्रो खेलमा फाक्सिब फुटबल क्लव ए र खुवाफोक फुटबल क्लब रातो बिच भएको खेलमा ० का विरुद्ध १ फाक्सिब फुटबल क्लव ए विजयी भए ।

त्यस्तै चौथो खेलमा केएफसी फुटबल क्लव र हतिटार बिच भएको खेलमा ० का विरुद्ध १ गोलले केएफसी विजयी भएको वडा सदस्य ईन्दिरा योञ्जनले जानकारी दिनुभयो । भोलि महिला तर्फको १ खेल हुने र पुरुष तर्फ दोश्रो राउण्ड का बाँकि खेल हुने उहाँले वताउनुभयो । प्रतीयोगिताको फाइनल खेल कार्तिक ५ गते हुनेछ ।

  • 27
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here