• 947
  •  
  •  
  •  
  •  
  •  
  •  
    947
    Shares

नेपाल कम्युनिष्ट पार्टीको बहुमत यति बेला सरकारमा छ, देशैभरि विभिन्न पार्टी पक्ष तथा बिपक्ष पार्टीहरुले यो सरकारको चर्को बिरोध गरिदै आएको छ भने कतिपय इन्टरनेट जस्ता प्रविधिबाट पनि यो सरकार धेरै चुकेको तथा चर्को आलोचना खेप्नु परेको छ । यसै सन्दर्भमा दोलखा जिल्ला शैलुङ गाउपालिकाका प्रमुख भरत प्रसाद दुलाल अब्यबहारिक रुपमा तथा सामाजिक संजाल को दुरुपयोग बाट सास्ती खेप्नु परेको छ ।

गएको केहि महिना देखि सामाजिक संजाल र केहि समाचारमा भारत प्रसाद दुलालले अस्लिश शब्द प्रयोग गरि केहि चेलीबेटीहरुलाई च्याट गरिएको स्क्रिन शर्ट बाहिरिएको थियो, संगै दुलालले आफ्नो फेसबुक एकाउण्ट कसैले ह्याक गरि पैसा मागेको र फेक च्याट स्क्रिन भएको दाबि गर्दै आइरहेको थियो तर दुलाले न कुनै कानुनि उपचार अपनायो फेसबुक ह्याकेरको लागि न कुनै स्पष्टिकरण नै, बरु उल्टै अर्को फेसबुक एकाउन्ट खोलि आफु सहि रहेको साबित गर्न नाटक मन्चन गरिरह्यो ।

दिनहरु बित्दै गैरह्यो तर पनि फेसबुक ह्याकर प्रति कुनै कदम नचलेपछि जति पनि महिलाहरु संग च्याट गरिएको थियो धेरै स्रोतहरु खुल्दै गएपछि दुलालले उक्ता फेसबुक आइडी हटाईएको छ भने नयाँ फेसबुकबाट पनि आफ्नो केहि तस्बिरहरु हटाईएको छ, अन्तमा गएर सत्य सत्यमै साबित हुन् पुग्यो, मंगलबार जिल्लामा पार्टीको एक बैठक बसी जिल्ला बैठकले महिलासंग गरिएका अश्लिल संवाद सहितका ‘स्क्रिन सट’सामाजिक सञ्जालमा सार्वजनिक भएको भन्दै  नैतिकता र पार्टी अनुशासन संग जोडेर संगठित सदस्य समेत नरहने गरी कार्बाही लागी पार्टीको बागमती प्रदेश कमिटि समक्ष सिफारिस गरिएको छ ।

प्रमुख दुलाल हाल दोलखाका सचिवालय सदस्य हुन् भने तत्कालिन नेकपा एमालेका दुई पटक सम्म जिल्ला सचिव भईसकेका थिए । दुलाललाई पार्टीको बिधानमा जिल्ला कमिटि सदस्य भन्दा माथिल्लो पदका व्यक्तिलाई जिल्ला पार्टीले स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझे कार्बाहीका लागि प्रदेश कमिटिमा सिफारिस गर्नुपर्ने ब्यवस्था रहि आएको छ।  तर मंगलबार बिहान बसेको कार्यालय बैठकले गरेको कार्बाही बारे जिल्ला पार्टीले आधिकारिक रुपमा सार्वजनिक गरिसकेको नभए पनि अध्यक्ष ईश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेलाई कार्बाहीका बारेमा सोध्न फोन गर्दा दुवैले फोन नउठाएको जानकारी छ । एक जिल्ला सचिवालय सदस्यका अनुसार त्यो गतिविधि बारे पार्टीमा समेत उजुर परेपछि उनलाई जिल्ला पार्टीले केही साताअघि लिखित स्पष्टीकरण सोधेको थियो, लिखित स्पष्टीकरणबाट चित्त नबुझेपछि मंगलबार कार्बाहीको लागि सिफारिस गरिएको हो ।

दुलालले गाउँपालिकाकै एक महिलासंग फेसबुक च्याटमा अश्लिल संवाद गरेको स्क्रिन सटमा देखिन्छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिन सटहरुमा दुलालको अर्धनग्न तस्बिर समेत देखिन्छ। उनले ति महिलालाई महिलाको गोप्य अंग देखाउन भनि बिन्ति समेत गरिएको स्क्रिन सर्टमा देख्न सकिन्छ ।

पुर्व सभामुख महरा काण्डमा दुलालले फेसबुकमा एक पोस्ट राख्दै आफु साच्चा कम्युनिस्ट बिचार बोकेको साबित गर्न हजारौ गोलीको छर्रले नढालेको यौद्दा भनेर “लेनिन” व्यंग्य समेत गरिएको थियो ।

गा.पा. प्रमुख दुलालसंग कुराकानी गर्न खोज्दा मंगलबार दिनभर उनको मोबाईल अफ छ। मोबाईलमा सम्पर्क गर्न खोज्दा ‘सरी दिस नम्बर ईज आउट अफ सर्भिस’(माफ गर्नुहोस, यो नम्बर सेवा भन्दा बाहिर छ) मात्र भनिरहेको छ | भनि नागरिक दैनिकमा उल्लेख गरिएको छ ।

 

  • 947
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here