•  
  •  
  •  
  •  
  •  
  •  
  •  

धनकुटा,

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ सुलिकोटमा विभिन्न चाड पर्वको अवसरमा जारी खुल्ला नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिताको पुरुष तर्फ सञ्जिवनी “वि”,माङदावा,मादेन र केएफसी फुटवल क्लव फाईनलमा प्रवेश गरेकाछन् ।

प्रतियोगिता अन्र्तगत पुरुष तर्फ सञ्जिवनी “वि” र टि फुटबल क्लब वीच भएको पहिलो खेलमा ० को विरुद्ध १ गोलले टि फुटवल क्लवलाई हराउदै संजिवनि “वि” ले फाईनलको यात्रा तय गरेको हो भने माङदावा फुटबल क्लब र फाक्सिब फुटबल क्लब “ए” वीच भएको दोश्रो खेलमा पेनाल्टी मार्फत ४- ५ गोल अन्तरले हराउदै माङदवा फाईनलमा प्रवेश गरेको हो ।

त्यस्तै गछ्या फुटबल क्लब र मादेन फुटबल क्लब वीचको खेलमा ४ -५ गोल कै अन्तरले गछ्यालाई हराउदै मादेन फुटवल क्लव फाईनलमा पुगेको हो । भने केएफसी फुटबल क्लव र सोक्रोप्पा फुटबल क्लब वीच भएको चौथो खेलमा ०-१ गोल अन्तरले सोक्रोप्पालाई पछि पार्दै केएफसि फाईनलमा पुगेको हो ।

त्यस्तै महिला तर्फ सञ्जिवनी फुटबल “ए” र डाडा बजार फुटबल क्लब वीचको खेलमा ० का विरुद्ध १ गोल लगाउदै डाडा बजार विजयी भएको वडा सदस्य ईन्दिरा योञ्जनले जानकारी दिनुभयो ।, प्रतियोगिताको फाईनल खेल आज  हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here