•  
  •  
  •  
  •  
  •  
  •  
  •  

 

धनकुटा ,

धनकुटाको छथर जोरपाटी गाउँपालिकाले कोरोना भाईरस(कोभिड–१९) को लक्षण देखिएकाहरुको ५० प्रतिशत छुटमा स्वाब परिक्षणको सेवा दिने गर्ने निर्णय गरेको छ ।

बिपद ब्यबस्थापन समिति तथा गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूको अध्यक्षतामा बैठकले लक्षण सहितको संक्रमितहरुलाई स्वास्थ्य संस्थाहरुले लिएको दरमा ५० प्रतिशत छुट गरेर पि.सि.आर. जाँच गर्ने निर्णय गरेको हो । कोरोनाको परिक्षणमा देखिएको अन्योल तथा जटिलतालाई सहजिकरण गरी समुदायलाई सहयोग गर्न यस्तो कार्यक्रम ल्याईएको लिम्बूले जानकारी दिनुभयो ।

लक्षण रहित आम नागरिकको हकमा भने शतप्रतिशत रकम लिई स्वाब संकलान गरी जाँच गर्ने ठाउँ सम्म पु¥याउन सहयोग गरिने अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । बैठकले कोरोना भाईरसबाट मृत्यु भएकारुको शव ब्यवस्थापन गर्नका लागि बिभिन्न ६ स्थानमा दाह संस्कार स्थल तोकेको हो ।

बैठकले वडा नं.१ का लागि माङमाया घाट,२ का लागि ध्वजे च्यान डाँडा,३ का लागि मुड्के आहाल,४ का लागि खाल्ले पाखा,५ का लागि आहाले च्यान डाँडा र वडा नं. ६ का लागि नाम्जाङ घाट तोकेको् छ ।

पछिल्लो समयमा कोरोनाका कारण मुत्यु भएकाहरुको शव ब्यबस्थापनमा समस्याहरु देखापरेपछि मन्त्रालयको माग अनुसार उक्त स्थानहरु सूचिकरण गरी पठाउन लागिएको उपाध्यक्ष भिमकला श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here