•  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिराटनगर, कार्तिक २५ गते ।

बिराटनगर महानगरपालिका-४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजा सहित २ महिला पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह (RIT) बाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका-९ बस्ने ४० बर्षीया सिता राई र साँगुरीगढी गाउँपालिका-१ बस्ने २० बर्षीया बबिता राईलाई ५ के.जी. ७०० ग्राम गाँजा सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै महिलालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here