• 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

अनन्तनै तिम्रो शक्ति जीवात्माको प्राण हौ,
मुलबाट खोला हुँदै नदी,सागरमा पुग्ने,
ठुलो,सानो सबै आकृतिमा देख्न सकिने,
नियम भित्र रहने,नियमकारी पानी तिमी।

जसले जति चलाएनी रीतिमै वस्ने,
प्राकृतिमा धर्म नछोड्ने पानी तिमी,
खै घामको तापमा हावा भित्र बाफ हुने,
चिसो भित्र हिउँ भई चटान हुने पानी तिमी।

जमीनबाट निसकिएर जगतमा फैलिने,
सामर्थ्य छ च्रक भित्र संसार छाप्ने,
आफ्नै नियम भित्र सधै घुमिरहने ,
सजीवको जीवन बचाउने पानी तिमी।

माथीबाट तलै जान्ने पानी तिमी,
डुब्नेलाई डुबाएको छौ तैरने लाई माथी,
आकृतिमा आकार दिएकै छौ जहाँ पनि,
सत्य रहेछौ धर्म नछोड्न पानी तिमी।

सबै सग मिल्ने अबिनासी पानी तिमी,
कालो मिसाए कालै हुन्छौ,
रातोमा मिसाए रातै देख्ने,
रङ्ग हिन रहेछौ पानी तिमी।

प्राकृतिमा अलौकिक शक्ति पनि तिमी,
रुपको बयान कसले पो गर्ने सक्ने ,
कहिले हावा सरी उड्ने तिमी,
जमिनमा बगी बगी डिड्ने पानी तिमी।

हिउँ भई चट्टान सरी अटल हिमाल,
जगतमा माथी तल संसार ढाक्ने
स्वाद छैन तिम्रो तिर्ख मार्ने पानी,
जलका नाममा पबित्रता पानी तिमी।

अन्तिम समयको सस्कारमा तिमी सगै हुने,
महिमालाई बर्णन गर्न नसकिन्ने रहेछ,
भगवानको रुप हौ तिमी सबैमा समान,
जगत जीवन थाम्ने कहिले नथाक्ने शक्ति पानी तिमी।

समुन्द्रको रुपमा शान्त हुने तिमी,
कहिले सोनामी भई लाखौं ज्यान लिन सक्ने,
जगतको बिनास काल पनि तिमी।
कहिले भएको छौँ बिकासको मार्ग पानी तिमी।

  • 12
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here