•  
  •  
  •  
  •  
  •  
  •  
  •  

जनहीतमा जारी !
**************

कवि बनेर चर्चित भैसक्यो कोही
तर कविता किन लेखिन्छ थाहा छैन
एत्ति थाहा छ- कविताले चर्चित बनाउँछ
चर्चित बन्ने ध्याउन्नमा
कैले रुखमा चढेर
कैले भित्तामा टाँगिएर
कैले कट्टु टाउकामा लगाएर
कले टोपी खुट्टामा घुसारेर
शब्दहरूको खेल निर्माण गर्छ
पाठकहरूलाई जेल निर्माण गर्छ
र अल्हादित बनेर बस्छ !

गजल लेखेर नामुद भैसक्छ कोही
किन लेखिन्छ गजल
केही मेलो मेसो छैन
एत्ति थाहा छ-
गजलले उसलाई लोकमा चिनाएको छ
उसलाई
उला, सानी, काफिया , रदिफ
तखल्लुस शेर सबै थाहा छ
तर थाहा छैन-
गजल कुन प्रयोजनमा लेख्ने हो !

मुक्तक ,केस्रा, साइनो, हाइकु
लेखिरहेछन् स्रस्टाहरू
डाली, बृक्ष , फूल र कोपिला
जन्मिरहेछन् नयाँ विधाहरू
ती किन जन्मिए
ती किन लेखिए
अत्तो पत्तो छैन केही
एत्ति थाहा छ –
तिनीहरूले नाम चलाउँछन्
नाम चलाउन काम चलाउँछन् !

लेखकहरूका दुख छन्-
गर्नु छ अनुहारको विज्ञापन
देखाउनु छ अक्षरहरूको खेल
त्यसैले ती
सापटी सिर्जना लिएर पनि देखा पर्छन् !

पाठकहरूका पनि दुख छन्
पढ्नु छ सबैका सिर्जना
बन्नु छ महाज्ञानी
त्यसैले ती
आँखा चिम्लेर पढिदिन्छन् !

सिर्जना भन्छ – आशु झार्छ
सिर्जना भन्छ- उत्तेजना पस्कन्छ
सिर्जना भन्छ- नखरा पार्छ
सिर्जना भन्छ – निराशा वाँड्छ
सिर्जनाकै थालीमा
थुक, खकार, मलमूत्र र बीर्य पोख्छ
त्यसपछि-
भगवानको प्रसाद मानेर सिर्जनालाई
कपाकप खान्छन् पाठकहरू !
अध्ययन प्रतिवेदनले भन्छ-
यो देशका विरामी युवा-युवतीहरू
गाँजा , चरेश र रक्सीले कम
खराव सिर्जना सेवनले बढी विरामी छन् !

गलत सिर्जना
ओखतीको बट्टामा हालेर बेचिएको
भयानक विष हो
मान्छेहरू ओखती भनेर सेवन गर्छन्
एकछिन खुव रोमाञ्चित हुन्छन
रतिकृडाको उत्कर्षमाझैं
र त्यसपछि ती
झिंगासँग झगडा गरेर बस्छन् !

जनहीतमा जारी !
प्रिय पाठकहरू
सिर्जना सेवनभन्दा पहिले
राम्रोसँग ख्याल गर्नु होला
पसलेले तपाईलाई
ओखतीको नाममा
विष त दिइरहेको छैन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here