• 91
  •  
  •  
  •  
  •  
  •  
  •  
    91
    Shares

धनकुटा ,
धनकुटाको सहिदभुमि गााउपालिकामा गरिवी निवारणका लागि सीप विकास तालिम शूरु भएको छ । गाउँपालिकाको गरिवी निवारण कार्यक्रम मेड्पा को आयोजनामा सो गाउँपालिकाको ३ नं वडामा तालिम सञ्चालन भईरहेको छ ।

यो तालिममा सहभागिताका लागि यसअघि उद्यमशिलता विकास तालिम लिएकाहरु मध्येबाट १ सय १० जना छनौटमा परेको तालिम सहजकर्ता आकृती राईले जानकारी दिनुभयो । जसमध्ये मेड्पाको तर्फबाट ९० र गाउँपालिकाको तर्फबाट २० जनालाई सहभागी गराईएको हो ।

तालिममा सिलाई कटाई, डोनट, दालमोट भुजिया वनाउने, क्रिष्टलको माला चुरा वनाउने,अचार वनाउने, हाते ओझेरी स्वेटर वुन्ने र विद्युत मर्मत को काम सिकाईने उहाँले वताउनुभयो । चालु आर्थिक वर्षको असार मसान्त सम्म सञ्चालन हुने यो तालिम लिईसके पछि पनि सहभागीहरुले आफ्नो व्यवहारमा सीप उतारे नउतारेको वारे तीन वर्ष सम्म फलोअप गरिने जनाईएको छ ।

शहिदभूमी गाउँपालिकाका प्रतिव्यक्ति आय ३८ हजार १ सय २९ भन्दा कम भएकाहरुलाई स्वरोजगार वनाउन र उनिहरुको आयआर्जन वृद्धी गर्ने लक्षका साथ यो तालिम दिईएको गाउाँिलकाले जनाएको छ । अब यहि तालिम गाउपालिकाको यो तालिम द्द र ४ नं वडामा सञ्चालन गरिने गाउपालिकाले जनाएको छ ।यो तालिम ४ नम्बर वडामा आईताबार देखि सुरुहुनेछ

  • 91
    Shares

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here