रुसी भ्लादिमीर पुटिनले पश्चिमा देशहरुलाई कच्चा तेलको बिक्री बन्द गर्ने घोषणा गरेको छ । रुसी राष्ट्रपति पुटिनले आगामी फेब्रुअरी १ देखि अमेरिका र युरोपेली देशहरुमा कच्चा तेलको निर्यात बन्द गर्ने सम्बन्धि आदेशमा हस्ताक्षर गर्नुभएको हो । जी सेभेन राष्ट्रहरु, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी कच्चा तेलको मूल्य प्रति ब्यारेल अधिकतम ६० डलर तोकेपछि रुसले उनीहरुलाई तेल बिक्री नै बन्द गर्ने निर्णय गरेको हो ।

रुसी कच्चा तेलको मूल्यको सीमा तोक्न सहमत देशहरुमा तेलको आपूर्ति बन्द हुनेछ । युक्रेन युद्धपछि पनि रुसी अर्थतन्त्रमा फरक नपरेको भन्दै ति देशहरुले समुद्री मार्ग हुँदै आपूर्ति हुने रुसी कच्चा तेलको मूल्य ६० डलर भन्दा बढी नतिर्ने निर्णय लागू गरेका हुन् । रुसले भने तेल किन्ने अन्य ग्राहक खोज्ने भन्दै आफूलाई फरक नपर्ने दावी गर्दै आएको छ ।

साउदी अरबपछि रुस विश्वको सबै भन्दा ठूलो तेल उत्पादक देश हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय