धनकुटा,

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा उपचाररत विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

सो अवसरमा प्रदेश सभा सदस्य एवं एमाले अध्यक्ष इन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख एवं एमाले प्रचार विभाग प्रमुख सावित्रा राई, प्रेस चौतारीका केन्द्रिय सदस्य सन्तोष रुचाल, सल्लाहकार भेषराज कटेल, जिल्ला अस्पतालका प्रमुख डा.अमिताव ठाकुर लगायतले विरामीलाई फलफुल वितरण गरे । त्यस्तै, पत्रकार महासंघका निवर्तमान अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ, प्रेस चौतारीका अध्यक्ष रबिन कटेल, पत्रकार महासंघका उपाध्यक्ष विदुर खवास, सचिव हरीबहादुर लम्जेल, सहसचिव ईश्वर थापा, प्रेस चौतारीका उपाध्यक्ष विश्वराज श्रेष्ठ, सहसचिव माया राउत, कोषाध्यक्ष रविन्द्र रनपहेली लगायतले पनि विरामीहरुलाई फुलफुल प्रदान गरेका छन् ।

उनीहरुले अस्पतालको इमर्जेन्सी, ओपीडी, पोष्टअप लगायतमा रहेका बिरामीहरुलाई स्याउ, सुन्तला, फ्रुटी, केरा लगायत फुलफुल प्रदान गरेका हुन् । पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्णकुमार चौधरीको निधनका कारण सञ्चारकर्मीहरु शोकमा रहेकाले तामझामपूर्ण कार्यक्रम नगरी अस्पतालका विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाइएको प्रेस चौतारी धनकुटाका अध्यक्ष रविन कटेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय