काडमाडौ ,
आफ्नो शरीरमा आफैं आगो लगाउँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ६ नेर्पाका २८ वर्षीय भोलाकाजी बास्तोला गम्भीर घाइते भएका छन् । गएराति आत्मदाहको प्रयास गरेका भोलाकाजीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राजधानी काठमाडौं पठाइएको छ ।

राति नै गाडी रिजर्भ गरेर राजधानी काठमाडौं लगिएका दुई छोराका बाबु भोलाकाजीको अहिले काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । घटना भएको केही समयपछि बेहोस भएका उनको अहिले पनि होस नखुलेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

मादक पदार्थ सेवन गरेर शुक्रबार बेलुका घर पुगेका भोलाकाजीले आफ्नै मोटरसाइकलको पेट्रोल झिकेर शरीरमा आगो लगाएको खुलेको स्थानीय मीना पराजुलीले बताइन् । ‘मातेको झोंकमा छोराहरुलाई कुटपिट गरेपछि आत्मदाह प्रयास गरेको खुलेको छ’, उनले भनिन्, ‘शरीरमा लगाएको आगोले ठूलो रुप लिएपछि आफैं पानीको दहमा पसेका रहेछन् ।’

आगो निभेपछि दहबाट निस्किएका उनी केही समयपछि बेहोस बनेका थिए । दैनिकजसो मादक पदार्थ सेवन गर्ने भोलाकाजीको परिवारमा दैनिकजसो झगडा हुँदै आएको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय