धनकुटा
स्थानीय तहमा कार्यपालिका शक्तिशाली हुन्छ । कार्यपालिकामा बहुमत हुँदा पालिकामा गरिने निर्णयमा प्रत्यक्ष प्रभाव पार्दछ । स्थानीय तहको निर्वाचन सकिएपछि धनकुटामा कार्यपालिकाको निर्वाचन पनि सम्पन्न भएको छ ।
सङ्घीय शासन प्रणालीमा स्थानीय तहको शासन व्यवस्था सञ्चालन गर्ने स्थानीय सरकार वा स्थानीय तहको कार्यकारिणी नै स्थानीय कार्यपालिका हो । स्थानीय कार्यपालिकाले स्थानीय तहको शासन व्यवस्थाको सञ्चालन, निर्देशन नियन्त्रण समन्वय र श्रोत परिचालनको कार्य गर्दछ । संविधान र सङ्घीय कानुनको अधीनमा रही स्थानीय कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम स्थानीय कार्यपालिकाको कार्य विभाजन र कार्य सम्पादन हुन्छ ।
सङ्घीय शासन प्रणालीमा स्थानीय तहको शासन व्यवस्था सञ्चालन गर्ने स्थानीय सरकार वा स्थानीय तहको कार्यकारिणी नै स्थानीय कार्यपालिका हो ।
पाख्रिवास नगर कार्यपालिका सदस्य निर्वाचनमा नेकपा एमालेको एकल वहुमत आएको छ। सम्पन्न कार्य पालिका निर्वाचनमा नेकपा एमालेका प्यानल उम्मेदवार नै विजयी भएकाछन्। विजयी हुनेमा तारादेवी ढकाल धमला , विष्णुमाया विश्वकर्मा, गिता परियार, सितादेवी वस्नेत, सरिता कार्की, इन्द्रकुमार राई, नगेन्द्र राई, रुपवहादुर विश्वकर्मा रहेका छन्।, सहिदभूमि गाउँ कार्यपालिका निर्वाचनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा प्रकाश राई, सावित्रा राई, दिवानी राई, मधु भण्डारी, विनिता राई र वालिका विश्वकर्मा छन्।

चौविसे गाउँ कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित हुनेमा देवकुमारी गजमेर, लक्ष्मी माया मगर, वेनु याखा, छलमाया राई, नारायणकुमार परियार र शारदा देवान छन्।
साँगुरीगढी गाउँपालिकामा नेकपा एमालेका प्यानलै उम्मेदवार विजयी भएका छन्। विजयी हुनेमा वालकृष्ण राई, भलकमान राई, उर्मिला राई, वुद्धिकुमारी लिम्बू, ज्योति राई, निर्मला दर्र्जी रहेका छन्। निर्वाचित कार्यपालिका सदस्य मध्ये भलकमान राई गोलाप्रथाबाट निर्वाचित भएका हुन्।
धनकुटा नगरपालिका कार्यपालिका सदस्य निर्वाचनमा गठवन्धनका उम्मेदवार निर्वाचित भएका छन्। सोमवार सामुदायिक भवनमा सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठवन्धनका उम्मेदवारहरु कृष्णमाया श्रेष्ठ, ज्ञानु राई, मञ्जु कार्की, मनकला लङ्वा , रेजीना हिङमाङ, दिलकुमार राई, भोगेन्द्रकुमार राई, सुरेन्द्र राई आठपहरिया विजयी भएका हुन्। नगर कार्यपालिकामा गठवन्धनको वहुमत देखिएको छ। नगर प्रमुख, उपप्रमुख सहित २० सदस्यीय हुने कार्यपालिकामा गठवन्धन १३ र नेकपा एमालेका ७ सदस्यीय छन्।
छथरजोरपाटी गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचनमा गठवन्धनको तर्फबाट प्यानल नै विजयी भएका छन्। गठवन्धनको तर्फबाट विजयी हुनेमा रामबहादुर राई, फूर्वा रेन्जि शेर्पा, धनमाया विक, मिना लिम्बू, रामप्यारी विष्ट र मिङ्मा शेर्पा रहेका छन्।
महालक्ष्मी नगर कार्यपालिकामा पनि गठवन्धनको वहुमत आएको छ। गठवन्धनका ५ र नेकपा एमालेका ३ उम्मेदवार विजयी भए। गठवन्धनको तर्फबाट याम लिम्बूखिम, मिना खपाङ्गी, कमला सुन्दास, मनकुमारी विक गोकर्ण तुम्वा निर्वाचित हुँदा नेकपा एमालेबाट अम्विका थापा, प्रिन्सा थापा र कुलवहादुर सुन्दास निर्वाचित भए। १९ सदस्यीय नगर कार्यपालिका गठवन्धन वहुमत देखिएको छ। कार्यपालिकामा गठवन्धनको ११ र नेकपा एमालेको ८ सदस्य छन्।












