धनकुटा, ।अखिल नेपाल महिला सघ धनकुटा नगरपालिका वडा नं १ को वडा भेला १ सय ७ सदस्य वडा कमिटी गठन गर्दै सम्पन्न भएको  छ ।अखिल नेपाल महिला सघ नगर ईन्र्चाज मालाश्री साहिको अध्यक्षता तथा अखिल नेपाल महिला सघका केन्द्रिय सदस्य तथा धनकुटानगरपालिकाको उपमेयर सकुन्तला बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले फुलमाया थापा राधिकाको अध्यक्ष्यतामा १ सय ७ सदस्य वडा कमिटी गठन गरिएको छ ।नवगठित संघको वडा कमिटि उपाध्यक्षमा हर्कमाया सिजाली, सचिव रेनुका तामाङ,सह सचिव जुना घिमिरे र कोषाध्यक्षमा जमुना योञ्जन रहेका छन् ।

कार्यक्रममा नवगठित संघको वडा कमिटिका पदाधिकारीहरुलाई नेकपा एमाले वडा नं १ पार्टी अध्यक्ष कमल थिङ, संघका जिल्ला सदस्य दालामु शेर्पा , नगर कार्यपालिका सदस्य तथा संघका जिल्ला सदस्य कल्पना थापा, पार्टीका नगर सचिव चन्द्र कृष्णा ठकुरी , जिल्ला कमिटी सदस्य सिहं तितुङ, पूर्व अनेमा नगर अध्यक्ष सुनिता लावति , पार्टी जिल्ला सचिवालय सदस्य तथा वडा सदस्य लालचन्द्र गोङवा , नगर सह ईन्चार्ज नकुल राई ,वडा अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य निरन तामाङ, अनेमा संघका जिल्ला अध्यक्ष सिमा राई ,लगायतले बधाई तथा शुभकामना दिदै पार्टीलाई शसक्त ढंगले अगाडि बढाउन आग्रह गर्नु भयो । उनिहरुले आगामी निर्वाचनमा एमाले पार्टीलाई देशकै सक्तिसालि तथा पहिलो पार्टी बनाउन महिलाहरुको महत्वपूर्ण भुमिका रहने बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय