काभ्रेपलाञ्चाेक असोज २२ ।प्राचिनकाल देखि नै तेर्महल अनि तेरमाला भन्ने नामले प्रसिद्द ठाउँ तेर्महल अनि तेरमाला हुँदै अहिले तेमाल शब्दमा परिणत गराई सकेका छन। पुर्ब तर्फ पर्सेल ल्होङ्साल भोर्ज्याङ मेच्छे हुँदै योगार टोड्के टेकनपुर मुक्पा पश्चिम तर्फ गाङ नाम्सा याङ्बेल उत्तर तर्फ सर्स्युखर्क डाहु न्हान दक्षिण तर्फ थिल्वार घिम्दि उत्तर तर्फ सुनकोसीको छेउ छेउ दक्षिण तर्फ रोशिको छेउ छेउ सम्मलाई तेमाल नामले चिनिन्छ्न। उहिले जम्मा बाह्र ओटा तेमाल रहेको थियो। कथान नै छ बाह्र तेमाल ६ घ्याङ यस भित्र बाह्र तेमाल छ घ्याङ भन्नुको अर्थ लामो छ।
प्राचिनकालमा मानिस देखि लिएर हरेक जन्तुहरुले पाईला टेक्दा बसेको पन्जाको छापहरु
घ्याङ शब्द शुद्ध तामाङ भाषामा(गुम्बा)लाई जनाउदछ। ६ घ्याङ्को अर्थ उहिले देखि नै रहेको पुराना पुराना अनि नामाकरणमा परेको (गुम्बा)लाई भन्ने गरिन्छ।पुराना घ्याङ मध्ये मैले स्पष्ट सङ्ग थाहा पाको चाहिँ हाम्रै काभ्रे तेमाल गाउपालिका केन्द्र वडा नम्बर-५ स्थित (ग्योईखर)गाउँको थार्पेलिङ गुम्बा हो।जुन गुम्बा भित्र प्रसिद्द प्रसिद्द भगवानहरुको मुर्ती निर्माण गरेको पाउन सक्नुहुनेछ। साथै ढुङ्गको शिलामा (हिगि)अर्थात लामा अक्षर पनि देख्न सक्नु हुनेछ।यसै ईतिहासलाई अझ सार्थक र समृद्द बनाउनका निमित्त पछिल्लो समयमा बिबिध सम्पदाहरु निर्माण हुने क्रम झारी नै रहेको जानकारी गराउदछु।
तेमाल-५ माकुचे स्थित आर्ला गाङमा रहेको नौ ओटा चन्द्रमा अनि नौ वटै घाम लागेको बेलामा आफै शिला भाको ढुङ्गाको शिलाको भ्यागुता
तेमाल गाउपालिका प्रबेशद्वार गेट निर्माण ,सत्य नारायणस्थान मन्दिर प्रबेशद्वार गेट पुणर्निर्माण त्यसपछी गाउपालिका कार्यलय भवण निर्माण, डम्फु पार्क,नमुना स्वायम्बु र बौद्द,यारीनाग पोखरी कम्पाउण्ड,पाटीचौरको कम्पाउण्ड पनि क्रमश हुँदैछ। तेमाल ४ बोल्दे भन्ज्याङ गाउँ दोर्जे गाङमा पनि ङ्होईडुप नोर्बु छ्योर्तेन,४२ फिट अग्लो दोर्जे,दुई सय बर्ष पुरानो घ्याङ,रहेको छ।हाम्रो यस क्षेत्रलाई पर्यटन क्षेत्र पनि घोषणा गरि सकेका छन।
तेमाल ५ रोसैब डम्फु पार्क
दु:ख लाग्दो कुरा यो छकी तेमालमा दिनहु पर्यटकहरुको आगमन हुने गर्थे तर यो (Covid 19,)कोरोना भाईरसले गर्दा पर्यटकहरुको आगमनमा प्रतिरोध भएका छन।हाम्रो तेमाल गाउपालिका भित्र रहेका बिबिध पर्यटकिय स्थलहरु तोङ्सुङ कुण्ड(गुरु डुप फुग) ,ग्योलोङ उ (गुरुला डुफ थार),टावर डाडा(कृषिगाङ),श्ह्याप वाङ गुम्बा),यारीनाग पोखरी,गणेश मन्दिर,स्वायम्बु बौद्द, नमोबुद्द.(ठाना गाङ चे),सत्य नारायण मन्दिर ,ह्याग्छ्या न्हाग्बो धुल्सा गुम्बा,गुरु अवलोकितेश्वर ध्यान गुम्बा,डम्फु पार्क(रोसाईबा) ,काकलिङ ने,ङ्होईडुप न्होर्बु छ्योर्तेन,सिन्धन डाडा हजार सिढि,कोट तेमाल राजा रानिको मुर्ति कुरुवास चापाखोरी दोर्जे छ्याङ निर्माण हुँदैछ। भोर्ज्याङमा लोबोन छ्योईकु अर्थात हृन्जेन दोर्जेको साहिलो छोरोको मुर्ती पनि निर्माण गरि सकेछ्न।
प्राचिनकाल देखिको तेमाल-५ याङ्बेल भिरमा अवस्थित गुरु पद्म सम्भव भगवानको पाउको शिला
तेमाल-६ स्थित ठूलो पर्सेलमा पनि भगवानहरुको मुर्ती निर्माणको क्रम जारी नै रहेका छन। अन्य सम्पदाहरु पनि निर्माणको क्रम जारी नै रहेको छ।तत्कालको योजना सुनकोसी बृहत् खानेपानी आयोजना, गणेश मन्दिर देखि स्वायम्बु सम्म निस्कने सिढि निर्माणको कार्य हुदैछ। भावी योजनाहरु चापाखोरी-तामाङ सङ्ग्रालय राजा हृन्जेन दोर्जेको गोडामा चढेको शालिक काठमाण्डौको स्वायम्बुको जत्रो बुद्धको मुर्ती जस्ता धार्मिक सम्प्रदाय निर्माण हुने पक्का छ्।
लेखक-धनराज लामा तेमाल
गाउपालिका-७ चापाखोरी कुरुवास लामाटोल