काठमाडौं असोज २१।नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) तामाकोशी गाउँपालिका काठमाडौ सम्पर्क समन्वय समितीको भेला सम्पन्न भएको छ ।

भेला ले केदार चौलगाइ को अध्यक्षतामा २१ सदस्य गठन गरेको छ । तेसैगरि उपाध्यक्षमा देवराज दाहाल ,प्रेम मोक्तान रत्न नेपाली सचिबमा राजकुमार भट्टराई र कोषाध्यक्ष ममता ठकुरी चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा माओबादी (केन्द्र )को केन्द्रीय सदस्य गंगा कार्की (विश्व ) विशेष अतिथिमा नेकपा माओबादी (केन्द्र)बागमती प्रदेश सचिवालय सदस्य शंकर लामा माननीय विशाल खड्का लगायत दोलखाको नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा तामाकोसी गाउपालिका देखि काठमाडौंमा बिभिन्न पेशा तथा ब्याबसाय गरि बस्ने हरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय