दोलखा जिल्ला मेलुङगाउँपालिका ३ मा एउटा सामान्य घर परिवार मा २०४६सालमा जन्म भएको घरको जेठो छोरा सज्जन लामा, ०५२ फागुन १ गते भएको जनयुद्धको सुरुवात र यसको नेपाली राजनीतिमा परेको प्रभाव तथा आफ्ना कमजोरी र सबल पक्ष र जनयुद्धलाई अब कसरी अघि बढाउने भन्ने विषयमा भएको गम्भीर छलफलमा चनाखाे भएर पार्टीकाे कुरा सुन्ने एक बालक तर क्रान्तिकारी चेतको एक सदस्य । जुन घरमा ‘जनयुद्धको ऐतिहासिक पहलसम्बन्धी तथा पार्टीको रणनीति’ शीर्षकको दस्तावेज पारित तयार हुन्थ्यो ।
जनयुद्धको प्रभावको मूल्याङ्कन गर्दै प्रत्येक दिन दस्तावेजहरु बनाइन्थे, ‘समाजका सबै वर्ग, तह र तप्कालाई विद्युत्को गतिमा प्रभाव पार्दै नेपाली जनयुद्धको थालनीले प्रतिक्रियावादी तत्कालीन राज्यसत्ता र त्यसका पृष्ठपोषकहरूको आत्मामा, स्वर्गमा खैलाबैला मच्चिएको थियो ।थालनी र त्यसको निरन्तरताका कारबाहीहरूले माओवादी जनयुद्धलाई देशको सिङ्गो राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा राख्न सफल भयो । केहि समयको छोटो अवधिमा जुन स्तर, प्रकृति र सङ्ख्यामा सशस्त्र गतिविधि भए, जुन स्तरमा यसको प्रचार भयो, त्यो आफैंमा आजको संसारमा कुनै पनि देशका माओवादी पार्टीहरूका लागि एउटा विशिष्ट अनुभव बन्न पुग्यो । जनयुद्धको ऐतिहासिक पहलले तत्कालीन प्रतिक्रियावादी सरकारमा रहेको र नरहेको देशका सबै राजनीतिक गुट–उपगुटहरूका अगाडि नयाँ समस्या, अन्तरविरोध र सङ्कटलाई जन्म दियो आज जनसमुदायमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) प्रति नयाँ जिज्ञासा र उत्साहको स्थिति पैदा भएको छ । बाजे सोम ब. लामाका तीन सन्तानहरु जेठा कृष्ण कुमार थोकर, माइला शङ्कर लामा( माओवादी केन्द्रका का वाग्मती प्रदेशको सचिवलय सदस्य ) र कान्छा दान ब. लामाका छोरा सज्जन, नाम मात्र होइन र राजनीतिक सम्पूर्ण हिसाबले सज्जन साच्चै सज्जन छन् । ईमानदार र निष्ठाको राजनीति गर्ने युवा हु आज जनसमुदायमा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) प्रति नयाँ जिज्ञासा र उत्साहको स्थिति पैदा भएको छ र सज्जन लामा जन्मिएको घर, राष्ट्रिय घर जहाँबाट उज्यालो उदायो ।
सज्जन लामा आज किन एमाले म फरक पृष्ठभुमिबाट एमालेमा आएको व्यक्ति भएकोले नेपाल कम्युनिस्ट पार्टी एमालेको कार्यदिशा रणनीतिक जनताको बहुदलीय जनवात सहित समाजवाद गन्तव्यमा पुग्ने मार्गचित्र हो त्यसकारण पनि मलाई एमालेको सैद्धान्तिक र वैचारिक राजनीतिक एजेन्डा मनपर्छ त्यसैले म नेकपा एमाले । यसमा सही कार्यदिशा यद्यपि, युवा,विधार्थि ,मजदुर ,जनजाति ,महिला ,किसान वृद्ध दलित सवैलाई समेटने पाटि नेकपा एमाले हाे त्यसैले म नेकपा एमाले । कार्यदिशा भनेको रातारात निर्धारण गर्ने विषय होइन । यसकारण एमाले एकता तथा कम्युनिस्ट आन्दोलनको एकताको प्रक्रियाको आरम्भदेखि नै यसलाई चलायमान राखिँदै आएको छ । एमालेको गत विधान महाधिवेशनबाट कार्यदिशाको मुद्दा टुङ्गो लागेको छ । तर, समयक्रम बित्दै जाँदा नेकपा एमालेभित्र आफ्ना पृष्ठभूमिगत गायत्री मन्त्ररूपी कार्यदिशाबारे मनोगत बहस, छलफल हुनेक्रम बढिरहेको छ, यो सुखद पक्ष पनि हो । आजको एमाले, पुरानो एमाले होइन कम्युनिस्ट एकताको जड हो । यो जताबाट नापे पनि सही छ , आवश्यक छ । यसले क्षणिक भावनात्मक तरङ्ग र माहोल मात्र सिर्जना गरेको छैन, भावनात्मक एकरुपता पनि कायम गरेको छ । त्यसैले सज्जन लामा एमाले हो । कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य र औचित्य गणितभन्दा विचारले निर्धारण गर्छ । वस्तुतः विनाकुनै उद्देश्य र गन्तव्य कार्यदिशा तय गरिँदैन । हामीकहाँ जानुपर्ने हो ? कसरी जानुपर्ने हो र केका लागि एमाले एकीकरण र नेकपा निरन्तरताको साथ जानुपर्ने हो ? भन्ने समग्र सन्दर्भ किटान नगरी कार्यदिशाकोे मार्गचित्र कोर्न सकिन्न ।
हामी कम्युनिस्ट आन्दोलनको कार्यभार पूरा गर्र्नुपर्ने ऐतिहासिक सन्दर्भमा छौँ भने यसले नितान्त फरक राजनीतिक कार्यदिशाको माग गर्दछ । किनकि कम्युनिस्ट आन्दोलन भनेको छुट्टै वर्गीय आन्दोलन हो । यसको ऐतिहासिक प्रक्रिया, रणनीतिक उद्देश्य र गन्तव्य सारभूत रूपमै भिन्न हुन्छ । अर्थात् औसत संसदीय लोकतान्त्रिक दलहरू र कम्युनिस्ट पार्टीबीचमा राजनीतिक उद्देश्य, प्रक्रिया र गन्तव्यमा आकाश धर्ती फरक हुन्छ । कामकारबाहीहरू पनि भिन्न हुन्छ । यसो भएपछि राजनीतिक कार्यदिशा पनि आधारभूत रूपमै फरक हुन जान्छ र एमालेको अबको कार्यदिशा राष्ट्र अनुकुल भएको छ । कम्युनिस्ट आन्दोलनको रणनीतिक उद्देश्य सुहाउँदो कार्यदिशा विन्यास गर्ने विषय असाध्य गम्भीर र पेचिलो प्रक्रिया हो । यद्यपि हामीले यसलाई छलफल र बहसमार्फत टुङ्ग्याउने छौँ । मूलतः एमालेले सही, वस्तुवादी र सामाजिक अन्तरविरोध सुहाउँदो कार्यदिशा निर्माण गर्दै क्रान्तिकारी राजनीतिक समाधान दिनसक्छ । नेपालमा पुँजीवादी गणतन्त्र आए पनि यसको वर्गचरित्रको दृष्टिबाट हेर्ने हो भने अझै यसको चरित्र अर्धसामन्तवादी देखिन्छ । समाजमा पुरानो राजनीतिक विरासत अस्तित्वमा रहनु यसैको उपज हो । समाजको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विकासक्रमअनुरूप नै नेपाल कम्युनिस्ट पार्टी एमालेले आफ्नो राजनीतिक कार्यदिशा विन्यास गर्नुपर्दछ । कसैले अर्धसामन्ती र अर्धऔपनिवेशिक अनि कसैले पुँजीवाद जनवादी भनेर दाबी गरे पनि नेपाली समाजको वस्तुगत चरित्र कुन हो भन्ने सन्दर्भ अझै ठोस छैन । कसैले बनिबनाउ रूपमा दाबी गर्ने कुरा र समाजको असली चरित्र फरक सवाल हो । यही द्विविधा र अन्योलताकै कारण सही र वस्तुवादी कार्यदिशा विन्यास गर्ने मुद्दा निरन्तर बहसमा सीमित हुँदै आएको छ ।
हाम्रो नेपाल कम्युनिस्ट पार्टी एमालेको समाजवाद कम्युनिस्ट मूल्य र आदर्शसहितको समाजवाद हो । यो एउटा रूपान्तरणकारी आन्दोलनको निरन्तर प्रक्रिया हो । त्यसैगरी, यो उत्पादनमूलक राष्ट्रिय औद्योगिक पुँजी निर्माणको सवाल हो । समानता र न्यायको सवाल हो । उत्पीडिन, विभेद, शोषण र अन्याय अन्त्यको सवाल हो । त्यसकारण सज्जन लामा एमाले हो । निकृष्ट निजी स्वामित्वको ठाउँमा सामाजिक वा सामूहिक स्वामित्व निर्माणको अभियानमा सज्जन लामा सधैं क्रियाशिल छ । उन्नत, विवेकी, सभ्य र साझा साँस्कृतिक सम्बन्धसहितको सामाजिक उत्पादन पद्धति हो । राष्ट्रिय युवासंघ नेपालमा सज्जन लामा किन कस्ताे संगठन हाे,संगठनले उठाउने राष्ट्रिय मुदाहरू कस्ताे हुन्छन ? हाम्रो संगठन राष्ट्रिय युवा संघ नेपालको प्रमुख उदेश्य र काम भनेको युवाहरूका समस्याहरुलाई पहिचान गर्ने, युवा नेतृत्व स्थापित गर्ने समाधानका लागि पहल गर्ने,लागी पर्ने नै हो। युवा संघमा लागेका सम्पुर्ण युवाहरूले यो देशलाई,रास्ट्रलाई महत्त्वपूर्ण योगदान दिनुभएको छ। यसैको उदाहरण हो,संस्थापन अध्यक्ष के.पि.शर्मा ओलि अहिले देशको राजनेता सम्मानिय पुर्व प्रधानमन्त्री हुनुहुन्छ । उहाँ मात्र होइन उहाँ पहिला अध्यक्ष जस्तै गोकर्ण बिस्ट,महेश बस्नेत, यस्का उदाहरणहरु हुन, उहाँहरु अहिले नेकपा एमालेमा सांसद,पुर्ब मन्त्रीहरु हुनुहुन्छ। नेपाली ईतिहासका प्रत्येक पाईलाहरुमा युवाहरुको महत्त्वपूर्ण भुमिका रहेको छ। युवाहरुमा पुर्ण रुपमा २००७ साल देखि २०६२र६३ को नेपालमा जनआन्दोलनका प्रमुख हुन ।रास्ट्रमा परिवर्तन ल्याउनको लागी धेरै युवाहरू सहिद भएका छन। सहिद गंगालाल,दशरथ चन्द,धर्मभक्त,शुक्रराज पनि युवाहरु नै हुन।
२०४७ सालको आन्दोलनको अग्रपंक्तिमा आफ्नो ज्यान बाजी राख्ने अधिकांस युवा नै थिए।२०६२र६३ को जनआन्दोलन आफ्नो ज्यान गुमाउने सहिद हुने १७ जना सबै युवा नै हुन।युवाहरूले रास्ट्र्को लागि के कति गरे ईतिहास साक्षी छ। युवा आन्दोलनका केही उपलब्धिहरु यसप्रकार छन- १.पन्चायत शासन को अन्त्य । २.राणाकालीन शासनको अन्त्य । ३.निरंकुश शाही राजतन्त्रको अन्त्य। ४.मुलुकमा जनताको संविधान २०७२,असोज ३मा घोषणा । ५.रास्ट्रमा पुर्ण रुपमा प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्रको स्थापना ६.युवा मन्त्रालय ७।रास्ट्रीय युवा परिषदको स्थापना। ८.लोकतान्त्रिक गणतन्त्रात्मक संघीय राज्यको स्थापना। ९.उग्रवामपन्थी अराजकताको अन्त्य आदि । त्यसैले म राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्य हुन पाएकोमा गर्व गर्छु । मुलुकमा धेरै परिवर्तन भएको छ हाम्रो गौरवशाली पाटी नेकपा एमालेमार्फत भएको छ । हाम्रो संगठनका अध्यक्षलाई सम्पुर्ण हामी संगठनका कार्यकर्ताहरुले युवाहरुको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक रुपमा सबल,सक्षम ,हक अधिकार सुरक्षित गर्नको लागि लाग्न हुनको लागि अनुरोध गर्दछु। र हामी उदेश्य प्राप्तिको लागि क्रियाशिल छौँ । युवाहरुलाई अवको दिनमा आन्दोलन मात्र हैन,देश विकासका निम्ति सामाजिक कार्यका निम्ति आफ्नो भविस्य सफल गर्नको निम्ति ,उच्च शिक्षा हासिल गर्नको निम्ति,युवाहरुलाई बिदेश जानबाट रोक्न,स्वदेशमा हाम्रो रोजगारी,व्यवसाय,लाग्न रास्ट्रलाई सेवा गर्ने संगठनबाट महत्त्वपूर्ण भुमिका रहनु पर्छ ।
रास्ट्रलाई युवाहरुको भविष्यसँग जोडिएको, सामाजिक, आर्थिक , साँस्कृतिक, राजनीतिक, गाँस, बास,कपास, स्वास्थ, शिक्षा, यातायात,खेलकुद आदि कुराहरुमा संगठनको तर्फबाट राज्यबाट ग्यारेन्टी गर्नको लागि पहल गर्नुपर्दछ।आजको दिनमा बिश्वमा माहामारीको रूपमा फैलिएको कोरोना को रोकथाममा नेपाली जनतालाई सुरक्षित राख्न छिमेकी शक्तिशाली रास्ट्रहरु चीन र भारत बाट भैइरहेको सिमा,भुमी अतिक्रमण रोक्न र यस विवादलाई समाधान गर्ने आफ्नै पाटिको सरकार भएको बेला संगठनबाट महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने र यस्ता छिमेकी राषट्रहरुको हेपाहा प्रवितिलाई अन्त्य गर्नको लागि संगठनलाई आव्हान गर्दछु ।

 नेपाल कम्युनिस्ट पार्टी एमाले

       सज्जन  लामा  (थोकर )

राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय