अबको दश वर्ष भित्र सबै जनतालाई आर्थिक रुपमा सम्पन्न र धनि बनाउने लक्षका साथ नेकपा एमाले अघि बढिरहेको जिल्ला अध्यक्ष तथा संघिय प्रतिनिधी सभा सदस्य राजेन्द्र राईले बताउनु भएको छ । नेपालिहरुको महान चाड बडा दशै दिपावली लगायतका विभिन्न चाडपर्वहरुको अवसरमा पाख्रिबास नगरपालिका वडा नं ३ र ४ को नेकपा एमाले वडा कमिटीको संयूक्त आयोजनामा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम बोल्नु हुदै संसद राईले यस्तो बताउनु भएको हो । त्यस्तै जनताको पक्षमा काम गर्ने एमाले पार्टी भएका कारण अहिले जनताको जिवन स्तर क्रमिक रुपमा सुधाार हुदै आईरहेको दावी गर्नु भयो । पाख्रिबास धनकुटाको जनताले सुनलि थापालाई चुनावमा जिताएर ठुलो गल्ति गरेको भन्दै सुनिल थापाले आफ्नो स्वार्थ पुरा गर्ने बाहेक जनता र राष्ट्रको पक्षमा नसोचेका कारण याहाको जनता गरिब भएको बताउनु भयो ।


त्यस्तै गरी कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहानले अहिलेको गठबन्धन सरकारले अन्ति चरनमा पुगेको जनताको हातमा धनिपुर्जा पुग्न लागेको समयमा भुमि आयोग खारेज गरेर किसान तथा सुकुम्बासी मार्ने काम गरेको बताउनु भयो ।
कार्यक्रममा मेयर वृष बहादुर राईले शिक्षा , स्वास्थ्य , सडक पूर्वाधार , पर्यटन कृषि लगायत विभिन्न क्षेत्रमा सबै जनताले महसुस हुने गरी न्यायोचित ढंगले विकास तथा सेवा सुबिधा उपलब्ध गराईरहेको जानकारी गराउनु भयो । त्यस्तै उहाले यसअघि सामाजिक सुरक्षा भक्ता जनताको घरघरमा गएर हातहातमा पुर्याउदै आइरहेको अवस्थामा यो साल अहिलकोे सरकाले बैंक मार्फत वितरण गर्ने थालिएका कारण हातहातमा दिन नपाउदा दुख लागेको बताउनु भयो । त्यस्तै गरी पार्टीका नगर ईन्चार्ज नेत्र भण्डारी , जिल्ला कमिटी सदस्य लोकेन्द्र घिसिङ , नगर सचिवालय सदस्य सरोज राई र युथफोर्स नगर अध्यक्ष बिरबल खड्का लगायतले बोल्नु हुदै प्रधानन्यायधिस चोलेन्द्र शम्सेर जबराको कारण न्यायलय माथिनै प्रश्न खडा भएको भन्दै यो सरकारको आयु लामो नरहेको भन्दै गठबन्धन सरकार पत्तनको बाटो तिर लागि सकेको उनिहरुको भनाई थियो ।

कार्यक्रममा ज्यष्ठ नागरिकहरुलाई खदा तथा अबिर लगाएर सम्मान गरिएको थियो । वडा कमिटी ४ नं वडा अध्यक्ष मदन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रको स्वागत मन्तव्य नगर प्रचारविभाग प्रमुख धुर्व पौडेलले राख्नु भएको थियो भने सञ्चालन युवा नेता रमेश बस्नेतले गर्नु भएको थियो । कार्यक्रममा पार्टीका जिल्ला तथा नगर वडा कमिटीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय