धनकुटा, 
धनकुटाको साँगुरीगढी गााउपालिका वडा नं ५ डाँडाबजारमा नेकपा एमाले पार्टीको वृहत वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ ।
वडा कमिटी अधयक्ष कमल प्रसाद मगरको अध्यक्षता तथा प्रदेश १ सभा सदस्य निरन राईको प्रमुख अतिथयमा वडा स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको हो । भेलामा सागुरीगढी गााउपालिकाको विकास ,शिक्षा स्वास्थ्य ,कृषि,पर्यटन, रोजगार ,विद्युत संचार ,यातयात को अवस्था ,नेकपा एमाले पार्टीले गर्न नसकेको के के रहयो , अब के गर्न आवाश्यक छ भन्ने विषयमा छलफल गर्दै सुझाव संकलन गरिएको छ ।
भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण पनि दिएको थियो । त्यस्तै गरी भेलामा पार्टीका जिल्ला सचिवालय सदस्य तथा चौबिसे गााउपालिका इंन्र्चाज नैना रुचाल ,जिल्ला सदस्य तथा सागुरिगढी गाँउपालिका सह ईन्र्चाज निर्मला इंवाङ, गाँउपालिका अध्यक्ष कुमार जंग याख्या , जिल्ला सदस्य तथा गाँउ कमिटी अध्यक्ष बाल कृष्ण राई र पार्टीका गााउ कमिटी सचिव पूर्ण खजुम लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय