धनकुटा , 
नक्कली नोटको कारोबारमा संलग्न तीन युवालाई प्रहरीले धनकुटाबाट पक्राउ गरेको छ । गएराती ९ बजेतिर धनकुटा नगरपालिका वडा नं ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा हिलेका एक युवकलाई १ हजार दरका २८ हजार नक्कली नोट सहित पक्राउ गरेको हो ।                                                                    प्रहरी चेकजाँचको क्रममा ती युवकले नक्कली नोट अर्को गोजीमा हाल्न खोज्दा प्रहरीले सबै नोट चेकजाँच गरेको र सोही क्रममा नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ । ती युवालार्ई पक्राउ गरेपछि अनुसन्धान गर्दा घरबाट ६५ हजार र अर्का युवकको घरबाट ५ हजार नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरुको पहिचान खुलाएको छैन । पक्राउ परेका सबै जना अहिले जिल्ला प्रहरी कार्यलय धनकुटाको अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय