धनकुटा, 
दिगो विकासका लक्ष हाँसिलका लागि हाल विश्व भर विभिन्न सप्ताह व्यापी  सञ्चालन भईरहेको सन्दर्भमा बुधबार  धनकुटामा वृक्ष रोपण गरिएको छ । गैरसरकारी संस्था महासंघ र देउराली युवा क्लवको आयोजनामा धनकुटाको चुलिवन क्षेत्रमा ५ सय वोट वृक्ष रोपण गरिएको हो । गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मिन प्रसाद सुवेदीका अनुसार धनकुटा नगरपालिका ७ का वडाध्यक्ष जंग वहादुर राई को प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रम पछि चुली वन क्षेत्रमा धुपी,कल्की,एवोकाडो लगायतको विरुवा रोपीएको हो । देउराली युवा क्लवका अध्यक्ष सुदिप राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघका सचिव सरोज भुजेलले गर्नुभएको थियो । कार्यक्रममा धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल लगायतले वृक्ष रोपणको वारेमा स्पष्ट पारेका थिए ।,
दिगो विकासका लक्ष हाँसिलका लागि हाल विश्व भर विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेको सन्दर्भमा आज धनकुटामा वृक्ष रोपण गरिएको छ । गैरसरकारी संस्था महासंघ र देउराली युवा क्लवको आयोजनामा धनकुटाको चुलिवन क्षेत्रमा ५ सय वोट वृक्ष रोपण गरिएको हो ।     गैरसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मिन प्रसाद सुवेदीका अनुसार धनकुटा नगरपालिका ७ का वडाध्यक्ष जंग वहादुर राई को प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रम पछि चुली वन क्षेत्रमा धुपी,कल्की,एवोकाडो लगायतको विरुवा रोपीएको हो । देउराली युवा क्लवका अध्यक्ष सुदिप राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गैरसरकारी संस्था महासंघका सचिव सरोज भुजेलले गर्नुभएको थियो । कार्यक्रममा धनकुटा नगरपालिका वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल लगायतले वृक्ष रोपणको वारेमा स्पष्ट पारेका थिए । युएनडिपिकाे  सहयोगमा वृक्षारोपण गरिएको हाे ।           

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय