धनकुटा,
धनकुटा जिल्लाको सात वटा स्थानिय तहमा रहेका ३ सय ५ वटा सामुदायिक वन समुह मध्ये २० वटा सामुदायिक वन सुमहमा द्धन्द्ध देखिएको छ ।
ति सामुदायिक वनमा देखिएका विवाद स्थानिय स्तरमा समाधान हुन नसकेपछि जिल्ला स्थित् द्धन्द्ध रुपान्तरण केन्द्र, नेपालमा उजुरी परेको छ । शान्तीको लागी साझेदारी कार्यक्रम अन्तर्गत प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण कार्यक्रमको छैठौं चरणमा सम्पन्न भएका प्रगती विवरण सरोकारवालाहरु माँझ सार्वजानिक गर्ने क्रममा शुक्रवार यस्तो जानकारी दिइएको हो ।
प्राकृतिक श्रोतद्धन्द्ध रुपान्तरण केन्द्र नेपाल धनकुटाका श्रोत व्याक्ति भोज बहादुर विश्वकर्माले धनकुटा जिल्लाको ३ सय ५ वटा सामुदायिक वन समुह मध्ये २० वटा सामुदायिक वन समुहहरुमा द्धन्द्ध रहेको सरोकारवालाहरुलाई जानकारी दिए । राष्ट्रिय श्रोत व्याक्ति समेत रहेका उनले सरकारी नियम, कानुन्को कारणले गर्दा पनि आम समुदायमा जल, जमिन र जंगलको विषयमा द्धन्द्ध चलिरहेको औल्याए । उनले मानव र प्रकृति विच कहिल्यै नटुङ्गिने गरी द्धन्द्ध चलिरहे पनि प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण नेपालले सुमदायमा दिगो शान्ती र उन्नत सम्वन्ध कायम राख्ने खरी द्धन्द्ध रुपान्तरणका विविध कार्यक्रमहरु संचालन गरिरहेको बताए ।
केन्द्रले हरेक वर्ष २ देखी ४ वटासम्म द्धन्द्ध रुपान्तरण गर्दै आएकोमा यो वर्ष भने कोरोनाको कारण लकडाउन भएकाले २ वटा साुमदायिक वनको मात्र द्धन्द्ध रुपान्तरण गर्न सफल भएको श्रोत व्याक्ति विश्वकर्माले वताए । सो अवसरमा उनले यो वर्ष धनकुटा नगरपालिकाको वडा नं.९ मा रहेको भैसीखाम सामुदायिक वनको सिमा सम्बन्धी द्धन्द्ध सामुदायिक वन उपभोक्ता समुह र जग्गा उपभोग गरिरहेका १४ घर परिवार विच रहेको र सामाधानको वाटोमा अघि वढीरहेको बताएका छन् । त्यसैगरी धनपा वडा नं.९ कै जाल्पादेवी सालघारी सामुदायिक वनको सिमा सम्वन्धि द्धन्द्ध वन उपभोक्ता समुह र वनको जग्गा उपभोग गर्ने ८ घर परिवार विच रहेको र द्धन्द्ध रुपान्तरणको क्रममा पक्षहरुसंग विकल्प पहिचानको लागी धारणा संकलन गर्न बाँकी रहेको विश्वकर्माले जानकारी दिएका छन् ।
धनपा–९ वेलहराको भैसीखाम सामुदायिक वन वि.सं.२०४६ सालमा गठन भै ०५२ सालमा हस्तान्तरण भएको थियो भने जाल्पा देवी सालघारी सामुदायिक वन वि.सं.२०६० सालमा गठन भै सोही सालमा वन समुहलाई हस्तान्तरण गरिएको थियो । भैसीखामको ९८.१९ र जाल्पादेवी सालघारी सामुदायिक वनको ३२.३६ हेक्टर वन क्षेत्र ओगटेको वताइएको छ ।
जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक वहादुर चौहानको प्रमुख आतित्थ्यमा सम्पन्न छलफल तथ प्रगती विवरण सार्वजानिक कार्यक्रममा सहभागीहरुले द्धन्द्ध रुपान्तरण केन्द्रले संचालन गरेको कार्यक्रमहरुको वारेमा जिल्लाको ३ सय ५ वटै सामुदायिक वनहरुलाई जानकारी हुनु पर्नेमा जोड दिएका छन् । उनीहरुले जिल्ला स्थित् सरोकावालाहरुको छलफलमा द्धन्द्धरत दुवै पक्षका प्रतिनिधिहरुलाई उपस्थित् गराउनु पर्नेमा जोड दिएका छन् । उनीहरुले त्यसो गरिए मात्र प्राकृतिक श्रोत सम्वन्धि द्धन्द्ध व्यावस्थापनमा सहयोग पुग्ने दावी गरेका छन् । उनीहरुले जहाँ प्राकृतिक श्रोत राज्यको नियन्त्रणमा छ, त्यस्ता देशहरुमा प्रकृतिसंग द्धन्द्ध कम हुने गरेको पनि उदाहरण पेश गरेका छन् ।
राष्ट्रिय सिँचाई उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष दिपक वुढाथोकीको अध्यक्षतामा सम्पन्न जिल्ला स्तरिय छलफल तथा अन्तरक्रिया कार्यक्रममा सुकुम्वासी समश्या सामाधान आयोगका जिल्ला अध्यक्ष नैन विश्वकर्मा, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, डिभिजन वन कार्यालय धनकुटाका प्रतिनिधि गोविन्द खत्री, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाका अध्यक्ष सन्तवीर लामा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।












