धनकुटा ,
धनकुटा नगरपालिका वडा नं.५ स्थित् विहिवारे हटियामा जोखिम निम्त्याउने खतरामा रहेको २ वटा सल्लाको रुख नेपाली सेनाको सहयोगमा पन्साईएको छ ।
जिल्ला विपत व्यवस्थापन समिति धनकुटाको समन्वयमा किराँत आठपहरिया जातिको मार्गाथान नजिकै रहेको करिब २ सय वर्ष भन्दा पनि पुरानो सल्लाको रुख ढल्ने खतराले जोखिम वढेपछि नेपाली सेनाको सहयोगमा हटाइएको हो । हरेक विहिवार हटिया लाग्ने व्यस्त रहने स्थानमा रहेको वर्षाको कारण ढल्न लागेको ती दुई वटा सल्लाको रुख धनकुटा स्थित् नेपाली सेनाको वरखगण सल्लेरीबाट खटिएको फौजको टोलीले हटाएको हो ।

रुख पन्साउने क्रममा स्थानिय सीता राई र लोका रिजालको घरमा पुर्णरुपमा क्षति पु¥याएको छ । जोखिम पन्साउने क्रममा रुख ढाल्दा उनीहरुको घरमा पुर्ण क्षति पुगेको हो । उनीहरुलाई तत्काल नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले राहात स्वरुप त्रिपाल लगायतको सामाग्री प्रदान गरेको शाखा सभापती हरी नाम्दुङ राईले बताएका छन् । दुवै परिवारको जनही १० लाख भन्दा वढी क्षति भएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका नायव सुब्बा रत्न दर्लामीका अनुसार जिल्ला विपत व्यवस्थापन समितिको समन्वयमा गएको अशोज ८ गते देखी वरखगण सल्लेरीको टोलीले २ वटा सल्लाको रुख पन्साउने कार्य गरेको वताएका छन् । उनले वुढो रुख आफै ढलेर दोश्रो रुखमा अड्किएकाले सर्वसाधरण आवत जावतमा गम्भिर जोखिम भएपछि तत्काल विपत व्यवस्थापन समितिको वैठक वसेर रुख पन्साउने कार्य अघि वढाइएको वताए ।

एमानको ठूला ठूला २ वटा रुख पन्साउनको लागी वरखगणका उपसेनानी प्रेम वहादुर तामाङको कमाण्डमा दैनिक १५ जनाको नेपाली सेनाको टोली खटिएर काम गरेको थियो । रुख ढलेर २ वटा घरमा क्षति पु¥याएको र वाटो समेत अवरोध गरेकाले तत्काल पन्साउनको लागी नेपाली सेनाको सहयोग लिनु परेको धनपा–५ का वडाध्यक्ष धनवहादुर आठपहरियाले बताए । उनले जोखिम पन्साउनको लागी सहयोग गर्नु हुने जिल्ला विपत व्यवस्थापन समितिका सदस्यहरु, नेपाली सेना, जिल्ला रेडक्रस लगायत सवै सवैलाई धन्यवाद दिए ।

किराँत आठपहरिया समाज नेपाल धनकुटाका जिल्ला अध्यक्ष अष्टवहादुर छोङदेन आठपहरियाले मार्गा गुठीको नाममा रहेको सल्लाको रुख २–३ सय वर्ष पुरनो भएको वताए । उनले उक्त सल्लाको रुखको काठपात आठपहरिया जातिले चलाउन नमिल्ने वा वाल्न नमिल्ने परम्परा रहेको वताए । मार्गा संचालन समितिले पुजा आजामा दाउराको रुपमा वाल्ने वाहेक त्यस स्थानका रुख अन्य प्रयोगमा नआउने अध्यक्ष आठपहरियाले बताए । उनले ढलाइएका २ वटा सल्लाको रुख गुठी समितिको निर्णय अनुसार कोटेसन खुलाएर फर्निरचलाई विक्रि गरेर आम्दामीको रुपमा राखीने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय