धनकुटा
धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं १ मा बुधवार वडा स्तरिय युवा भेला सम्पन्न भएको छ ।

नेकपा एमालेका १ नं वडा कमिटी अध्यक्ष विष्णु प्रसाद राईको अध्यक्षता तथा संघिय तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले नरेश राई अध्यक्ष र ईश्वर राई सचिव रहने गरी ६३ सदस्यीय वडा स्तरिय राष्ट्रिय युवा संघ गठन गरेको छ ।

भेलालाई सम्वोधन गर्दै संघिय संसद राईले नेपाली कांग्रेस डुब्न लागेको घाममा सुकाएको विस्कुन जस्तै भएकोटिप्पणी गर्नुभयो । उहाँले कांग्रेस र माओवादी लगायत पार्टी सत्तामा पुगेपछि जनता विरोधि काम गर्ने गरेको आरोप लगाउनुभयो । भने आगामी चुनावबाट फेरी एमाले नै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बन्ने उल्लेख गर्नुभयो ।

त्यस्तै १ नं प्रदेशसभा सदस्य निरेन राईले युवाहरु परिर्वतनको सम्वाहक भएको उल्लेख गर्दै देशको राजनीतिक परिर्वतन युवाहरुकै संघर्ष र वलिदानले मात्र सम्भव हुने वताउनुभयो । उहाँले देशको आर्थिक समृद्धी र परिवर्तनका लागि युवाहरुको योगदान महत्वपूर्ण हुने समेत वताउनुभयो ।गाउँ पार्टी ईञ्चार्ज सुष्मा किराती पार्टी भनेको विक्तिए संस्थामा आवद्ध भएर पैसा बचत गरी नाफ मुलक व्यपारमुलक जस्तो नभएर विचिार र सिद्धान्तले गर्ने एउटा संगठन भएको बताउनु भयो ।

सोहि कार्यक्रममा प्रमुख अतिथि संसद राईले शारिरिक अशक्त भएका वडा नं १ का राजन खड्का लाई एक थान ह्वील चिएर प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा सहिदभुमी गाउँपालिकाका अध्यक्ष मनोज राईले हाल पालिमा न्यायोचित रुपमा विकास निर्माणका कामहरु भईरहेको भन्दै आगामी दिनमा पनि नीति तथा योजना वनाई एमाले सरकारले जनतालाई लाभ हुनेगरिको सेवा दिने वताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई, नेकपा एमाले सह ईञ्चार्जद्धय भुपेन्द्र राई र बम बहादुर राई लगायत पार्टीका नेता कार्यकर्ताको उपस्थिती थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय