धनकुटामा गएराति देखि परेको वर्षका कारण   जिल्लाकाे विभिन्न ठाउँमा सडक तथा घरमा क्षेति पुगेको  छ । पाख्रिबास नगरपालिका वडा नं  २ स्थित दलित बस्तीमा निरन्तर परेको पानिका कारण  एक घर भत्किएको छ । स्थानीय बहादुर विककाे घर अाज मान्छे बस्न नमिल्ने गरि ढुङ्गा र माटाको घर अादि चर्किएको हाे । अहिले ३ जनाकाे परिवार रहेको विककाे परिवारलाई स्थानीयले नजिकैको गाेठमा सारेको स्थानीय भुपेन मगरले जानकारी दिनुभएको छ ।  उनिहरुकाे घरमा रहेको सरसामान सहित विककाे परिवारलाई गाेठमा सारेकाछन् । घरमुनि रहेको भिताे धस्किएर मान्छे बस्न नमिल्ने गरि घर चर्किएको हाे। त्यस्तै गरि साेहि वडाका सुन्दर गान्छाकि मगरकाे पनि घर चर्किए पछि टेकाे लगाएर बसिरहेको त्याहाका स्थानीयले जानकारी दिएकाछन् । स्थानीयले प्रहरी वडा तथा रेडक्रसलाई जानकारी गराईसकेकाे जनाएको छ । यता वर्षकाकारण काेसि राजमार्ग अन्तर गत सागुरिगढी गाउपालिका लेउति स्थिति ५० मिटर सडक बाढीले बगाएको छ । अहिले कटान गरि सडक खाेल्ने काम भईरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय