मनसुन सकिएपछि भएको अविरल वर्षा कारण आज बुधबार बिहानसम्म आठ जनाको ज्यान गएको पुष्टि भइसकेको तथा धेरैजना बेपत्ता भएको गृह मन्त्रालयका प्रवक्ताले जनाएका छन्।

धेरै क्षति सुदूरपश्चिममा भएको बताइएको छ भने त्यहाँ थप मानिसको ज्यान गएको प्रदेशकी आन्तरिक मामिलामन्त्रीले बताएकी छन्।

कतिपय ठाउँमा अझै ठूलो वर्षा भइरहेको र ठाउँठाउँका बस्तीहरू डुबानमा परेको बताइएको छ।

पछिल्लो अवस्थाबारे जानकारी दिँदै गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ूमङ्गलवार साँझसम्म हामीलाई ६ जनाको ज्यान गएको विवरण आएका थिए। राति इलाम जिल्लामा पनि थप २ जनाको ज्यान गएको खबर आएको छ।

धेरै ठाउँमा डुबान भएका खबर आएका छन्। कञ्चनपुर अनि मोरङमा डुबान भएका छन्। सुरक्षा टोली उद्धारमा खटिएका छन्।

साभार BBc

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय