साेमबार देखि परेको अविरल वर्षाका कारण धनकुटाकाे शहिदभुमि गाउँपालिकाकाे विभिन्न ग्रामीण सडक तथा हाईवए जाेड्ने सडक भत्किएकाछन् । गाउँपालिका भित्र रहेको सडकमा ठाउँठाउँमा पहिराे खसेर सडक अवरुद्ध हुदा स्थानीयलाई अावातजावत गर्न समस्या भएको वडा नं ७ का वडा अध्यक्ष बमबहादुर राईले जानकारी दिनुभएको छ । गाउँपालिकाकाे सदरमुकाम जाेड्ने धनकुटा त्रिवेणी मुलघाट , थलथले चाम्चा जाड्ने लगायतका पालिका भित्रकाे ग्रामीण कृषि सडक दर्जन बढिमा पहिराेले क्षेति पुर्याएकाे वडा अध्यक्ष राईले जानकारी दिनुभएको छ ।













