नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा हुने भएको छ । आजको बसेको स्थायी कमिटी बैठकले पार्टीको आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो ।

ललितपुरको तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो
।महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।

















