प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएका छन्। बाढी पहिरोले सुदूरपश्चिममा क्षति पुर्‍याएपछि क्षतिको अवलोकन गर्न यहाँ पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आयोजित पत्रकार सम्मेलनमा एमसीसी अुनदानमा आधारित परियोजना नेपालको कानुन मातहत हुने भएकाले संसदबाट सिधै पास हुने बताएका हुन्।

‘एमसीसी पास हुन्छ, यसमा संशोधन गर्नुपर्ने केही कुरै छैन,’ प्रधानमन्त्री देउवाले भने,‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानुनभन्दा अन्तर्राष्ट्रिय कानुन लागू हुन्छ, एमसीसी पनि अनुदान हो, उनीहरुले नै यसमा नेपालकै कानुन लागू हुने बताएका छन्।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय