धनकुटाको सागुरीगढी गााउपालिका वडा नं १० आहालेमा  धरान जादै गर्दा बैरे खोलाले बगाएर श्रीमानको मृत्यु  मृत्युभएको खबर सुनेपछि पिडासहन नसकि श्रमिती को पनि निधन भएको छ ।
सागुरीगढी गााउपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापती झगेन्द्र राई कार्तिक २ गते आहाले बाट धरान तर्फ आउदै गरेको बेला बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा कर्तिक ३ गते साझ बैरे खोलाले वगाएर मृत अवस्थामा फेला परेको थियो । श्रीमानको निधनको पिडा सहन नसकी उनका धर्मपत्नी अनु राईको समेत ह्दयघात भई निधन भएको छ ।

फेला परेको राईको सब धरान स्थित वि पि कोरइराला स्वास्थ्य पवज्ञान प्रतिष्ठानमा पोष्मार्टम गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्ष्टि गरिएको छ ।

राई नेपाली काङग्रेसको १४ औ महाधिवेशन अन्तरगत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतीमा निर्वाचित हुनु भएको थियो । ह्दयघात भई निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टि गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ । मृत दम्पतीको आमा बुवा र एक छोरा र छोरी रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय