धनकुटाको चौबिसे गाँउपालिकामा एक वृद्धको खोलाले बगाएर मृत्यू भएको छ । गाँउपालिकाको वडा नं ५ बज्रमाई निवासी वर्ष ७१ का भुवन सिंह खड्काको छरुवा खोलाले बगाएर मृत्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
छोरीको घर जाँदै गर्दा खोला तर्ने क्रममा खोललाले बगाएरको खड्काको शव स्थानियले झाडिमा फेला पारेका थिए । त्यसपछि विहान करिव पौने ९ वजे तिर आफुहरुलाई जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका डिएसपी दीपक कुमार रायले जानकारी दिनुभयो ।












