जिल्ला खेलकुद विकास समिति धनकुटाकाे नयाँ पदाधिकारीहरूलाई पदभार तथा सफत ग्रहण गराउने कार्यक्रम सम्पन्न भएको छ । जिल्लाकाे खेलकुद विकास समितिकाे कार्यलयमा विहिबार एक कार्यक्रमका बिच नव नियुक्त पदाधिकारीहरू अध्यक्ष भाेगेन्द्र थापा र उपाध्यक्ष दालामु शेर्पाले सफत तथा पदभार ग्रहण गर्नुभएकाे छ । कार्यक्रममा जिल्ला फुटबल संघका अध्यक्ष गाेविन्द राई ,जिल्ला यथलेस्टिक संघका अध्यक्ष किरण प्रधान ,तेक्वान्दो संघका अध्यक्ष साैगात घले ,राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय सदस्य कल्पना थापा , राष्ट्रिय खेलकुद महासंघ धनकुटा अध्यक्ष ऋषिराम पराजुली लगायतको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय