सामाजिक सञ्जाल फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ। बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सीईओ मार्क जुकरबर्गले कम्पनीका नयाँ कर्पोरेट नाम सार्वजनिक गरेका हुन्। कम्पनीलाई नयाँ नाम दिइएपनि यसअधिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले बताएका छन्।

साथै, यसअघि सञ्चालित एप्स र तिनका ब्रान्ड परिवर्तन नहुने उनको भनाइ छ। कम्पनीअन्तर्गत हाल फेसबुकसँगै मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायत सञ्चालनमा छन्। फेसबुकले एउटामात्रै सञ्जालको प्रतिनिधित्व गरेका कारण नाम परिवर्तन गर्नुपर्नेको जुकरबर्गले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय