शहिदभुमिको समृद्धिको आधार शिक्षा स्वास्थ्य पर्यटन र कृषि भन्ने मुल नारा  सहित गाँउपालिकाले आर्थिक वर्ष २०७७ । ७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाँउपालिकाको ७ वटै वडा कार्यलयको तर्फबाट नागरिकता प्रमाणपत्र सिफरिस,मालपोत कर,सिफारिस व्यवसाय दर्ता, योजना लगायत आफुहरुले गरेका कामको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिक समिक्षा कार्यक्रममा गाँउपालिकाको प्रत्येक शाखाहरुले सस्थ्य, शिक्षा, कृषि,पर्यटन, पुर्वधार निमार्ण, सडक सञ्जाल विस्तार ,महिला बालबालिका, सहकारी तथा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, गाँउपालिकाको छिन्ताङ आयुर्वेद सेवा, सडक पूर्वाधार निमार्ण, विभिन्न स्वास्थ्य सेवा उपलब्ध जेष्ठनागरिक,फुसको छाना मुक्त ,जनताआवास कार्यक्रम ,स्ववस्थ्य शिविर कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
गाँउपालिकाको गत आवको विनियोजित बजेट चालु खर्च तर्फ २८ करोड ९७ लाख ३८ हजार ७ सय २० रहेको मा खर्च २२ करोड २९ लाख ५५हजार १ सय ५ रुपैया ७६.९५ प्रतिशत रहेको छ । त्यस्तै गरी चालुगत पुजिगत खर्च कुल बजेट ४४ करोड ५३ लाख ८७ हजार ९० रुपैया को खर्च ३४ करोड २७ लाख ५७ हजार ६ सय ८९ रुपैया ७६.९६ प्रतिशत रहेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष मनोज राईले गाउपालिकाको विकास र अन्य बजेटका क्षेत्रहरुमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनु भएको छ । आगामि दिनमा पनि सबैको साथ सहयोगमा गाँउपालिकाको विकास र अन्य शिर्षकमा पनि महत्वपूर्ण उपलब्धी हासिल गर्ने बताउनु भयो । अध्यक्ष राईले कर्मचारी बाट राम्रो कामभईरहेको भन्दै प्रशंसा गर्नुभयो । त्यस्तै वडा अध्यक्षहरु मल्सुराम राई र हेमकुमार राईले पनि जनताले सुसासनको अनुभुति लिने गरि काम भइरहेको जानकारी गराएका थिए । कार्यक्रममा उपाध्यक्ष रत्नश्वरी राई,प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, लेखा संयोजक नितेस कुमार यादव , स्वास्थ्य शाखा प्रमुख फकिर महोमद ,शिक्षा शाखाका बद्रि कार्की, कृषि शाखा प्रमुख दिनेन्द्र राई , पशु शाखा प्रमुख नगेन्द्र पौडयाल,महिला तथा बालबालिका शाखा प्रकृति राई,राजश्व शाखाका राजेन्द्र राई, समाजिक सुरक्षा तथा पञ्जिकरण शाखाका दिपेन्द्र राई , छिन्ताङ आयुर्वेद शाखाका सञ्जय प्रजापति लगायत विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय