हिजो भन्दा आज एमाले झन बलियो भएको भन्दै आगामी निवार्चनमा एमाले विरुद्धको गठबन्धन मोर्चाबन्दिलाई एमाले एक्लैले परास्थ गर्ने नेताहरुको दावी

नेपाल कम्युष्टि पार्टी एमाले जिल्ला कमिटी धनकुटाले एक पत्रकार सम्मेलन गरी एमाले पार्टीको प्रथम वडा तथा पालिका अधिवेशन सभ्य ,भब्य र सौहार्दपूर्ण वातवरणमा लोकतान्त्रीक ढंगबाट समपन्न भएको जानकारी दिएकाछन् । एमाले पार्टीको केन्द्रिय कमिटीको निर्णय बमोजिम पार्टीको संगठनको आधार जग को रुपमा रहेको वडा र पालिका तहको कमिटीहरुको अधिवेशन यही कार्तिक ६ र ९ गते देशब्यापी रुपमा एकै दिन गरेका थिए । पत्रकार सम्मेलनमा वडा तहमा ५/५ जनाका दरले पदाधिकारीहरु सहित ३१ जना गरी ६० वटा वडा बाट १ हजार ८ सय ३० जना र पालिका तहमा पनि ५/जना पदाधिकारी सहित ७५ जना गरी ७ वटा तहबाट ५ सय २५ जना निर्वाचित भएको जानकारी दिएको हो ।
त्यस्तै गरी पार्टीले ३३ प्रतिशत अनिवार्य कमिटीमा महिललाई ल्याउने विधान अनुसार सम्पन्न वडा अधिवेशन बाट ६ सय २० जना महिलाहरु निर्वाचित भएकाछन् भने पालिका अधिवेशनबाट १ सय ७५ जना महिला निर्वाचित भएको जनाएको छ ।
जिल्ला पार्टी कार्यवाहक अध्यक्ष तथा प्रदेश संसद निरन राईको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा प्रदेश संसद तथा न्याय प्रशासन तथा विद्यायन समितिका सभापति इन्द्रमणी पराजुली, पार्टीका प्रदेश सदस्य उज्वल किरातिले बोल्नु हुदै एमाले पार्टीको देशभर एकैसाथ ऐतिहासिक रुमा सम्पन्न वडा तथा पालिका अधिवेशन सफल भएको दावी गरेकाछन् ।
ऐतिहासिक अधिवेशनबाट एमोल पार्टीलाई थप नया उत्साह थपिएको भन्दै आगामी स्थानिय तह, प्रदेश र केन्द्रमा एमालेको जित हुने बताएकाछन् । विभिन्न पार्टी परित्याग गरी एमाले पाटीमा प्रवेश गर्ने क्रमबढिरहेको बताएकाछन् । त्यस्तै हिजो भन्दा आज एमाले झन बलियो भएको भन्दै आगामी निवार्चनमा एमाले विरुद्ध जुनसुकै गठबन्धन मोर्चाबन्दि भएपनि एमाले एक्लैले परास्थ गर्ने दावी गरेकाछन् । पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य विना राई ,पार्टी सचिव भिम राई , जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, भखरै सम्पन्न अधिवेशन बाट निर्वाचित पदाधिकारीहरु , र पाटीका नेताहरुको उपस्थिति रहेको थियो ।


%3












