धनकुटा ,
पाख्रिबास नगरपालिका वडा नं ८ घामेमा रहेको होमपाटी गुफा प्रचारप्रसार तथा संरक्षणको अभावमा ओझेलमा परेको छ ।

उक्त गुफा संरक्षण तथा प्रवद्वन गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यले अवलोकन तथा निरिक्षण गरिएको वडा नं ८ का वडा अध्यक्ष सिताराम राईले बताउनु भयो । गुफा संरक्षण तथा प्रवद्वन गर्न सके प्रचुर मात्रामा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको वडा अध्यक्ष राईले बताउनु भयो ।

यो साल गुफा जाने बाटो तथा स्तरउन्तिका लागि वडा बाट ५० हजार बजेट छुट्टयाइएको जनाएको छ । साथै यश अघि देखि गुफा संरक्षणका लागि जुटे पनि पैसा अभावका कारण गर्न नसकिएको भन्दै तिनै तहका सरकार संग पहल गरिरहेको बताउनुभयो ।गुफा अवलोकन तथा निरिक्षणका लागि वडा सदस्य हेम बहादुर गिरि ,गंगा बहादुर कार्की , वडा सचिव दिपेन्द्र गौउतम , समाजसेवी बुद्धिजीवी मदन राई युवाहरु विरबल खड्का , विस्वजित देउजा लगायत स्थानियको सहभागीता रहेको थियोे

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय