धनकुटा ,
३१ औं अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवशको अवसरमा छथर जोरपाटी गाउँपालिकाले एक दर्जन जेष्ठनागरीकहरुलाई सम्मान गरेको छ ।
पालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा शुक्रबार एक सम्मान कार्यक्रमको आयोजना गरेर पालिकाका १२ जेष्ठ नागरीकहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा धनमायाँ लिम्बू,डम्बरबहादुर कार्की,हर्कबहादुर पुलामी,निमा शेर्पा,कमलसिंह लिम्बू,कुलमायाँ लिम्बू खड्गबहादुर अधिकारी,सिता लिम्बू,पूर्णबहादुर खनाल,खेमकुमारी ओझा,नेत्रकुमार काफ्ले र टेन्डि शेर्पा रहनुभएको छ ।

उहाँहरुलाई शाखाले न्यानो कपडा दिएर सम्मान गरिएको महिला तथा बालबालिका शाखाकी प्रमुख एलिना निरौलाले जानकारी दिनुभयो ।
हाल पालिकामा सामाजिक सुरक्षा भत्ता लिने जेष्ठ नागरीकको संख्या ९०५ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय