धनकुटा ।
किरात धर्म लेखौं अभियान जिल्ला कमिटी धनकुटाको अयोजनामा जनगणना २०७८ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । किरात धर्म लेखौं अभियान जिल्ला कमिटी धनकुटाको अध्यक्ष पूर्ण खजुमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । जनगणना २०७८ विषयक अन्तरक्रियामा कार्यक्रमका प्रमुख अतिथि किरात धर्म लेखौं अभियानका केन्द्रिय सदस्य गंगाहाङ तिगेलाले कार्यक्रममा बोल्नु हुँदै किन किरात धर्म लेख्न किन आवाश्यक छ भन्नेबारे जानकारी गराउदै किरात धर्मको महत्व तथा विशेषता र किरात धर्म सँग सम्बन्धि ईतिहासको विषयमा प्रकास पार्नु भएको थियो । त्यस्तै किरात याख्थुम चुम्लुङका केन्द्रिय सदस्य हेम कुमार आङलाले पनि आफ्नो भाषा लिपि धर्म पहिचान गुम्न नदिनका निम्ति अनिवार्य सबैलाई धर्मको महलमा किरात,जातिको महलमा लिम्बू , मातृभाषाको महलमा लिम्बू भाषाको महलमा पुर्खाको भाषाको महलमा लिम्बु,दोश्रो भाषाको महलमा नजिकको समुदाय वा छिमेकीले बोल्ने भाषा गणक लाई लेख्न लगाउन उहाँले आह्वान गर्नु भयो । कार्यक्रममा नेपाल आदिबासि जनजाती माहासंघका जिल्ला अध्यक्ष सञ्जय सन्तोषी राई , किरात आठपहरिया समाज नेपालका केन्द्रिय महासचिव सुर्य आठपहरिया र आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्टनारायण आठपहरिया लगायतले कार्यक्रममा छलफल गर्नु हुदै सबै आदिवासीजनजाती समुदायलाई सचेत भई जनगणना २०७८ मा आफ्नोतथ्याङ टिपाउदा पहिचान नगुम्ने गरी टिपाउन तथा लेखाउन आग्रह गर्नु भयो । कार्यक्रममा किरात याख्थुङ चुम्लुङका धनकुटा नगर अध्यक्ष खड्ग बहादुर पाक्सावाले स्वागत मन्तव्य राख्नु भएको थियो भने अभियानका सचिव निर्मला खवाहाङले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय