धनकुटा ,
जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालित योजना बजेट तथा कार्यक्रमको वार्षिक प्रगति समिक्षा कार्यक्रम शुरु भएको छ ।

जिल्ला समन्वय समिति धनकुटा प्रमुख टंक चौहानको अध्यक्षतामा सञ्चालित समिक्षा कार्यक्रम भोलि सम्म सञ्चालन हुने छ । समीक्षा कार्यक्रमको संघिय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राईले आज एक कार्यक्रका बिच उद्घाटन गरिएको हो ।

समिक्षा कार्यक्रमको पहिलो दिन जिल्ला स्वास्थ्य कार्यलय धनकुटा, जिल्ला अस्पताल , भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटा , कृषि ज्ञान केन्द्र धनकुटा,जिल्ला शिक्षा विकास समन्वय ईकाइ , यातयात पूर्वधार निमार्ण र जिल्ला सिचाई आयोजनाले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेकाछन् । भेलि जिल्लाको सात वटै स्थानिय तहहरुको वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय