कोशी करीडोर २२० केभी प्रसारण लाईनको पहिलो प्याकेजको कार्य सम्पन्न भएको छ ।

नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैंकद्वारा धनकुटाको हिलेमा  बुधबार  कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारण लाइन निर्माण सम्पन्न भएको घोषणा गरिएको हो । नेपाल विद्युत प्राधिकरणबाट सञ्चालित कोशी कोरीडोर २२० केभि प्रसारणलाई तीन प्याकेजमा विभाजन गरि निमार्ण कार्य भईरहको प्राधिकरणले जानकारी दिएको छ ।          आयोजनाको पहिलो प्याकेज अन्र्तरगत सुनसरीको इनरुवाबाट बसन्तपुर , बानेश्वर हुदै तुम्लीङ्गटार सम्म डबल सर्किट टावर निमार्ण गर्ने र टावरको एकतर्फ तार तान्ने कार्य सम्पन्न भएको कार्यक्रममा जानकारी गराइएको हो । त्यस्तै दोस्रो प्याकेज अन्तरगत बसन्तपुर , तुम्लीङ्गटार तथा बानेश्वर मा सबस्टेशनहरु निमार्ण तथा तेस्रो प्याकेज अन्तरगत बसन्तपुरबाट ताप्लेजुङ्ग जिल्लाको ढुंगेसागु सम्म डबल सर्किट टावर निमर्ण गर्ने ,टावरको एकतर्फ तार तान्ने र सबस्टेशनहरु बन्ने काम अन्तिम चरणमा पुगेको समेत प्रधिकरणले जनाएको छ । उक्त कार्यक्रममा बोल्नु हुदै नेपाल विद्युत प्रधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्गले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रसराण लाईन निमार्णमा केहि ढिला भएपनि सबैको सहयोगले सबै भन्दा लामो कोशी कोरीडोर २२० केभी प्रसारण लाईनको काम सम्पन्न गर्न सहज भएको बताउनु भयो ।

प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्गले आयोजनाहरुबाट उत्पादन हुने विद्युत प्रसारणको लागि सो लाईनको दोस्रो सर्किटको तार तान्ने र सम्बन्धित सबस्टेशनहरुमा २२० केभि लाईनको ट्रान्सफर्महरुको क्षमता विस्तार गर्ने बताउनुभयो । उहाले दोस्रो सर्किटमा तार तान्ने र सम्बन्धित सबस्टेशनहरुको क्षमता विस्तारका लागि विद्युत प्राधिकरणबाट यथासक्य छिटो लगानी जुटाई निमार्ण कार्य अघि बढाउने समेत बताउनुभयो । उहाले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको समेत जानकारी दिनुभयो । कार्यक्रममा प्रसारण लाईन निमार्ण कम्पनिले विद्युत प्रधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई आयोजनाको चावि हस्तान्तरण गरेको छ ।              अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकले दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको प्राधिकरणले जनाएको छ । कार्यक्रममा धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नेपाल स्थित भारतीय दूतावासकी उपप्रमुख नामग्या सी खाम्पा सुरक्षाकर्मी प्रधिकरणका अधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय