धनकुटा ,
धनकुटामा नक्कली नोटको कारोबार गर्ने ६ जना पक्राउ परेका छन् । प्रहरीले आज पत्रकार सम्मेलन गरी नक्कली नोटको कारोबार गर्ने ६ जनालाई सार्वजनिक गरेको हो ।

धनकुटा नगरपालिका वडा नं १ का वर्ष २६ सोनाम तामाङ , ताप्लेजुङ पाथिभरा याङवरक वडा नं ४ घरभई धनकुटा हिले बस्ने छेतेन तामाङ , महालक्ष्मी नगरपालिका वडा नं ८ का सुमन खड्का , महालक्ष्मी नगरपालिका वडा नं ९ वर्ष २४ का तुलसी तामाङ र वर्ष २१ का बिकास तामाङ रहेकाछन् । छेतेन तामाङबाट २८ हजार ,विशाल तामाङको घर बाट ५ हाजार पक्राउ परेको स्थान मुलघाटमा फ्याकेको २ हजार र सोनाम तामाङको घरबाट ६५ हजार बरामद गरिएको पत्रकार सम्मेलन मार्फत प्रहरीले जानकारीदिएको छ ।

प्रहरीले गएको असोज ११ गते सोमबार राती ९ बजे धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा हिलेका २ जना युवकलाई १ हजारका दरका २८ हजार नक्कली नोटसहित पक्राउ गरेका थिए । उनिहरुको सम्पर्कमा रहेका प्रहरीले अन्य ४ जनालाई जिल्ला भित्र वाहिर गरी विभिन्न ठाँउबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीले बरामत गरेको सबै नोट हजार दरका छन् भने सबै नोट एकै नम्बरका छन् । प्रहरीले बरामद गरेको १ हजार दरका सबै नक्कली नोट सामान्य आँखाले हेर्दा सक्कली जस्तै देखिन्छन् । ती नोट सर्वसाधारणले हेर्दा छुट्याउन नसकिने अवस्थाका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय