धनकुटा जिल्लालाई फुसको छाना मुक्त बनाउने काम तिब्र रुपमा अगाडि बढिरहेको संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले बताउनु भयो । नेकपा एमाले पाख्रिबास नगरपालिका वडा नं ७ र ८ को संयुक्त नेपालीको विजया दशमी तथा विभिन्न चाड पर्वको अवसरमा आयो गरियो शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । त्यस्तै उहाले गरिब जनतालाई सुखि र धनी बनाउने पार्टी नेकपा एमाले भएको भन्दै जनताको आर्थिक तथा जीवन स्तर सुधारका लागि यसअघिका सरकारले काम गरेको दावि गर्नु भयो । साथै उहाले अब आउने चुनावमा नेकपा एमालेको जित हुने बताउनुभयो ।

त्यस्तै गरि पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहानले नेकपा एमाले सरकारले सामाजिक सुरक्षा भक्ता वृद्धि गरेर चाडपर्वको समयमा ऋण काड्नु पर्ने समस्याको अन्तय भएको बताउनुभयो ।साथै उहाले अहिले गठबन्धन सरकारले १४ सय वटा सडक आयोजना काटेको जानकारी दिनु हुदै धनकुटामा १४ वटा सडक आयोजना काटेर विकास विरोधि काम गरेकाले अर्को पटकको चुनावमा जनताले धुलाई खुवाउने बताउनुभयो । कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य रेवत थापाले आफु मुगाको उज्ज्वल भविष्यको पछमा रहेको बताउनु भयो । नगरगका मेयर वृष बहादुर राईले कारोनाले प्रभाव पारेपनि नगरको विकासमा एककदम अगाडि रहेको उल्लेख गर्नुभयो । नगरमा १५ सय वार्डको अस्पताल निर्माण , सडक ,शिक्षा ,स्वास्थ ,पर्यटन ,कृषिका क्षेत्रमा जनताले महसुस गर्ने गरि धेरै काम गर्न सफल भएको दावी गर्नु भयो ।                                                                                                           

 

त्यस्तै पार्टीका नगर अध्यक्ष सान्तिराम गौत्तमले फेरि पनि अर्को पटकको चुनावमा पनि पाख्रिबास नगरपालिका देशकै उत्कृष्ट शक्तिशालीरुपमा पार्टीको जित हुने बताउनु भयो ।अहिलेको सरकारलाई चुनाव पछि जनताले सडकमा पुर्‍याउने छ भन्दै सबै जनतालाई नेकपा एमाले पार्टीमा आवद्व हुन आग्रह गर्नु भयो ।

कार्यक्रममा पार्टीका नगर ईन्चाज नेत्र भण्डारी ,युथफ्रोस नगर अध्यक्ष बिरवल खड्का, युवा संघ नगर अध्यक्ष सरोज राई , कार्यक्रममा स्वागत मन्तव्यवडा नम्बर ८ का वडा अध्यक्ष तथा नगरका पार्टी सचिव सिताराम राईले राख्नु भएको थियोे भने सञ्चालन ७ नंम्बर वडाका पार्टी अध्यक्ष बाबुराम भण्डारीले गर्नुभएको थियोे । कार्यक्रममा पार्टीका नेता तथा कार्यकताको उपस्थित रहेको थियोे ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय