आगामि निर्वाचनमा पुन धनकुटामा नेकपा एमाले पार्टीको जितहुने नेकपा एमाले पार्टी अध्यक्ष तथा संघीय प्रतिनिधि सभासदस्य राजेन्द्र कुमार राईले दावी गर्नु भएको  छ  ,
नेकपा एमाले चौबिसे गाउँ कमिटी धनकुटाको आयोजनामा भएको प्रथम विस्तारित वैठक तथा विजया दशमी , तिहार लगायत विभिन्न चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै प्रतिनिधि सभासदस्य राईले यस्तो बताउनु भएको हो । त्यस्तै उहाले सता को दुरुपयोग गर्दै स्वास्थ सामाग्री नेपाली काङ्ग्रेसले आफ्ननो पार्टीको चुनाव चिन्ह टासेर जनतालाई भ्रममा नपार्न चेतावनी दिनु भयो ।

प्रथम विस्तारित बैठक बाट विभिन्न निर्णयहरु गरेको छ । निर्णयहरुमा पार्टीको आगामि कात्तिक ६ गते वडा तथा ९ गते हुन गईरहेको पालिका अधिवेशनका लागि सदस्ता नविकरणलाई तिव्रता दिने निर्णय गरेको छ भने चौबिसे गाउकमिटी लाई पुर्णता दिएको छ ।

त्यस्तै गरि सोहि हवसरमा ४५ सदस्य गाउँ कमिटी सचिवालय सदस्य गठन गरिएको पार्टीका चौबिसे गाउँ कमिटी ईन्चार्ज नैना रुचालले जानकारी दिनुभएको छ । सोहि अवसरमा नेपाली काङ्ग्रेस र जसपा परित्याग गरि ईन्द्र कुमारी चेम्जुङ , विवस याख्खा ,जित बहादुर याख्खा लगायतका नेता तथा कार्यकर्ता नेकपा एमाले पार्टीमा प्रवेश गरेकाछन् ।

गाउँ कमिटी अध्यक्ष राजकुमार चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा संबिधान सभा सदस्य टिकाराम चेम्जुङ ,प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य विना राई ,जिल्ला युवा संघका अध्यक्ष केसब लिम्बू , गाउपालिका अध्यक्ष खजिन्द्र राई र उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायत पार्टीको नेता तथा कार्यकार्ताको उपस्थिति रहेको थियोे । कार्यक्रम सञ्चालन सचिव जीवन कट्टुवालले गर्नु भएको थियोे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय