बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आईताबार विश्वासको मत लिने भएको छ । नेकपा एमाले विभाजन पछि अल्पमतमा पर्नुभएकी मुख्यमन्त्री शाक्यले आताबारदेखि सुरु हुने नवौं अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिन लाग्नु भएको हो ।

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार माधव अर्यालले गत शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराउनुभएको थियो ।

गत भदौ २ मा एमालेको एकल बहुमतबाट सत्तारोहण गरेकी मुख्यमन्त्री शाक्यले संसदममा विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

१०९ जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मतकालागि ५५ सांसद चाहिन्छ । नेकपा विभाजनपछि १३ सासंदले नेकपा एकीकृत समाजवादी शाक्यसँग हाल ४३ सांसद मात्रै छन् ।

शाक्यले असोज २५ गतेसम्म संसदमा विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ ।                                                                           

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय