गर्भवती महिलाहरुको लागि छथरजोरपाटी गाउँपालिकाले गाउँ गाउँमा निःशुल्क गामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम शुरु गरेको छ ।

पालिकाको स्वास्थ्य शाखाले वडा नं. ३ को ताँखुवा स्वास्थ्य चौकीबाट आईतबार देखि २ दिने कार्यक्रम गरेर यसको शुरुवात गरेको छ ।

पालिकाका स्वास्थ्थ शाखा प्रमुख सुन्दरमान डंगोलको अध्यक्षता भएको कार्यक्रममा पालिका उपाध्यक्ष भीमकला श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ गरिएको हो ।
अल्ट्रासाउण्ड जाँचको पहिलो दिन १५ जना गर्भवती महिलाहरुले जाँच गराएको ताँखुवा स्वास्थ्य चौकीका प्रमुख पुष्पराज ओझाले जानकारी दिनुभयो ।

२४ गतेबाट शुरु गरिएको निःशुल्क गामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम कार्तिकबाट सबै वडामा सन्चालन गरिने स्वास्थ्य शाखा प्रमुख डंगोलले जानकारी दिनुभयो ।

अल्ट्रासाउण्ड जाँच कार्यक्रम शुरु भएका सबै ६ वडाहरुमा महिनाको १ पटक निःशुल्क गामिण अल्ट्रासाउण्ड जाँच कार्यक्रम सेवा दिईने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पालिका,प्रदेश सरकार र करुणा फाउण्डेशनको सहकार्यमा अपांङ्गता रोकथाम कार्थक्रम अन्तर्गत यो कार्यक्रम सन्चालन गरिएको हो ।

ग्रामिण तथा दुर्गम क्षेत्रका गर्भवती महिलाहरुको अबस्था बेलैमा पत्ता लगाई आमा तथा नवजात सिशुको मृत्युदर घटाउन यो कार्यक्रम लागु गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय