सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकखण्डमा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको बा २ ख ३२६४ नम्बरको बस ६ किलो नजिक दुर्घटना भएको हो । घाइतेहरुलाई काभ्रेको धुलिखेल र खाडीचौरको अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । धुलिखेल अस्पतालमा घाइतेको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ब्रेक फेल भएर बस दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
















